News Portal

रेडियो सुन्नुहोस्

नेकपा एकीकृत समाजवादी प्यूठानका उपाध्यक्ष हलिम पार्टी नेतृत्वप्रति रुष्ट

झुलेनी पोष्ट२०७८ फागुन १६
१०५३ पटक
२०७८ फागुन १६

नेकपा एकीकृत समाजवादी प्यूठान उपाध्यक्ष हलिम मियाले आइतवार संसदबाट एससीसी पारित गरेको विषयमा असहमति जनाउँदै बिज्ञप्ती निकालेका छन् । संसदबाट एमसीसी पारित गर्न आफ्नै पूर्व धारणा विपरित उभिएर एकीकृत समाजवादीले रहस्यमय रुपमा भुमिका खेलेको भन्दै मियाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।

आफैले राष्ट्रघाती भनेको सम्झौता रातारात कसरी राष्ट्रहित भयो भन्दै उनले सोमबार बिज्ञप्ति निकाल्दै केन्द्रिय नेतृत्वलाई प्रतिप्रश्न गरेका छन । यो विषयले देशभरीका नेता तथा कार्यकर्ताहरु गंभीर भएको बताउँदै उनले सत्ता स्वार्थका लागि गरीएको यस्तो भूमिकाले जनतासामु पार्टीका तर्फबाट मुख देखाउन लायक नभएको जारी बिज्ञप्तीमा लेखिएको छ ।

गठबन्धन र सत्ता टिकाउन सभामुख र १४ वना सांसदहरु जोगाउन भनी गरिएको कार्य गलत र खेदजनक रहेको र कथित ११ बुदे व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताका सन्दर्भमा कुनै अर्थ नरहने स्पष्ट पार्दै मियाले बिज्ञप्ती जारी गरेका हुन् । यसले प्यूठान जिल्लामा नेकपा समाजवादी पार्टीमा हलचल मच्चाएको छ । यस अघी नेकपा एमा लागेका पार्टी सचिव दिपेन्द्र केसी नेकपा एमालेमा फर्किसकेका छन् ।

नेकपा एसमा लागेका नेता कार्यकर्ताले एमसीसी पास गर्न पार्टी लागेमा सो पार्टी छोड्ने घोषणा गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...