News Portal

रेडियो सुन्नुहोस्

तिनदिनदेखि अवरुद्ध पुण्यखोला सडक खण्ड खुल्यो

झुलेनी पोष्ट२०७८ फागुन २२
९८३ पटक
२०७८ फागुन २२

मोटरसाइकलको ठक्करबाट आफन्तको मृत्यु भएको विषयलाई लिएर अबरुद्ध पुण्यखोला सडक खण्ड खुलेको छ । ठक्करबाट मृत्यु भएका रन बहादुर घर्तिको परिवारलाई कानुन बमोजिम क्षतिपुर्ति दिलाउने र पिडकलाई कानुनी कारवाही गर्ने सहमति भएपछि अबरुद्ध सकड खुलेको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

कानुन बमोजिम ५ लाख रुपैयाँ र किरिया खर्च स्वरुप २ लाख सहित ७ लाख रुपैयाँ दुर्घटनामा संलग्न ब्यक्तिले दिने भएका हुन् । प्रहरी, प्रशासन र मृतकका आफन्तबिच सहमति भएपछि मृतकका आफन्तले शब बुझेका छन् ।

मृत्यु भएका घर्तिको सव प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा ३ दिनअँघि घर्तिको मृत्यु भएको थियो । बिजुवारबाट बाग्दुला तर्फ जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइकलले पूण्यखोला निबासी ५५ वर्षिय घर्तिलाई ठक्कर दिएको थियो ।

घाईतेलाई प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर लैजाँदै गर्दा भालुवाङमा मृत्यु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...