News Portal

रेडियो सुन्नुहोस्

तिनदिनदेखि अवरुद्ध पुण्यखोला सडक खण्ड खुल्यो

झुलेनी पोष्ट२०७८ फागुन २२
१२४६ पटक
२०७८ फागुन २२

मोटरसाइकलको ठक्करबाट आफन्तको मृत्यु भएको विषयलाई लिएर अबरुद्ध पुण्यखोला सडक खण्ड खुलेको छ । ठक्करबाट मृत्यु भएका रन बहादुर घर्तिको परिवारलाई कानुन बमोजिम क्षतिपुर्ति दिलाउने र पिडकलाई कानुनी कारवाही गर्ने सहमति भएपछि अबरुद्ध सकड खुलेको इलाका प्रहरी कार्यालय विजुवारले जनाएको छ ।

कानुन बमोजिम ५ लाख रुपैयाँ र किरिया खर्च स्वरुप २ लाख सहित ७ लाख रुपैयाँ दुर्घटनामा संलग्न ब्यक्तिले दिने भएका हुन् । प्रहरी, प्रशासन र मृतकका आफन्तबिच सहमति भएपछि मृतकका आफन्तले शब बुझेका छन् ।

मृत्यु भएका घर्तिको सव प्यूठान नगरपालिका–७, पुण्यखोलामा मोटरसाइकलले ठक्कर दिदा ३ दिनअँघि घर्तिको मृत्यु भएको थियो । बिजुवारबाट बाग्दुला तर्फ जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइकलले पूण्यखोला निबासी ५५ वर्षिय घर्तिलाई ठक्कर दिएको थियो ।

घाईतेलाई प्यूठान अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर लैजाँदै गर्दा भालुवाङमा मृत्यु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...