News Portal

रेडियो सुन्नुहोस्

सञ्चार क्षेत्रको विकासमा स्थानीय सरकारको भुमिका नपुगेको गुनासो

झुलेनी नेटवर्क२०७८ चैत ८, प्यूठान
१६०० पटक
२०७८ चैत ८, प्यूठान

सञ्चार क्षेत्रको विकासको लागि स्थानीय सरकारको भूमिका नपुगेको प्यूठानका कृयाशिल पत्रकारहरुले गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा पत्रकार महासंघ प्यूठान शाखाको समन्वय र मल्लरानी गाउँपालिकाको सहयोगमा आज जिल्ला समन्वय समितिको सभाहलमा सञ्चार क्षेत्रको प्रवद्धनमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रममा सञ्चारकर्मीहरुले गुनासो गरेका हुन् ।

अन्तरक्रिया कार्यक्रमा बोल्ने अधिकांश सञ्चारकर्मीहरुले स्थानीय तहहरुले बनाउने बजेट निति तथा कार्यक्रममा सञ्चारमाध्यलाइ उपेक्षा गरेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा, मल्लरानी गाउपालिका अध्यक्ष अमरध्वज राना, उपाध्यक्ष सरीता जीसी, नेपाल पत्रत्रकार महासंघ केन्द्रिय सदस्य शुशिल पोख्रेल, पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष गिरुप्रसाद भण्डारी, मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापा लगायतले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष शञ्जय रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ प्यूठानका सचिब प्रकाश बैद्यले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...