News Portal

रेडियो सुन्नुहोस्

माण्डवीले बनायो आाफ्नै पाठ्यक्रम

झुलेनी पोष्ट२०७८ चैत १०, प्यूठान
१३४६ पटक
२०७८ चैत १०, प्यूठान

प्यूठानको माण्डबी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । ‘हाम्रो माण्डवी हाम्रो गौरब’ भन्ने मुख्य नारा बनाएर स्थानीय पाठ्यक्रम आधारभूत तह कक्षा १ देखि ८ सम्मको तयार गर्न थालिएको माण्डवी गाउपाँलिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिए ।

पाठ्यक्रमा समेटिएको विषय क्षेत्र र मुख्यमुख्य थिमबारे आज गाउँपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेर जानकारी गराएको छ । अन्तरक्रियामा आएका सुझावहरुलाई समेटिएर केहि दिनमै पालिकाको आफ्नै पाठ्यक्रम तयार र आगामी शैक्षिक सत्रदेखि लागु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए ।

पालिकाले तयार पार्दै गरेको पठ्यक्रममा माण्डवीको पहिचान, हाम्रो संस्कृत इतिहास र पर्यटन, जीवन उपयोगी सिप र मूल्य शिक्षा, स्थानीय पेसा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, दुर्घटना तथा विपद् व्यवस्थापन र हाम्रो व्यक्तित्व, असल बानी व्यवहार र सामाजिक संघसस्थाहरु, मुख्य क्षेत्रहरु समेटिएका छन् ।

यी वियय र क्षेत्रहरु माथि अन्तरक्रियामा सहभागिहरुले तीन वटा समूह मार्फत सुझाव दिएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीधर रोका, उपाध्यक्ष मुगा पुन, वडाध्यक्षहरु र माण्डवीमा क्रियाशिल राजनीति दलहरुका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थीति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...