News Portal

रेडियो सुन्नुहोस्

माण्डवीले बनायो आाफ्नै पाठ्यक्रम

झुलेनी पोष्ट२०७८ चैत १०, प्यूठान
११०८ पटक
२०७८ चैत १०, प्यूठान

प्यूठानको माण्डबी गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको छ । ‘हाम्रो माण्डवी हाम्रो गौरब’ भन्ने मुख्य नारा बनाएर स्थानीय पाठ्यक्रम आधारभूत तह कक्षा १ देखि ८ सम्मको तयार गर्न थालिएको माण्डवी गाउपाँलिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी कार्कीले जानकारी दिए ।

पाठ्यक्रमा समेटिएको विषय क्षेत्र र मुख्यमुख्य थिमबारे आज गाउँपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेर जानकारी गराएको छ । अन्तरक्रियामा आएका सुझावहरुलाई समेटिएर केहि दिनमै पालिकाको आफ्नै पाठ्यक्रम तयार र आगामी शैक्षिक सत्रदेखि लागु हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिए ।

पालिकाले तयार पार्दै गरेको पठ्यक्रममा माण्डवीको पहिचान, हाम्रो संस्कृत इतिहास र पर्यटन, जीवन उपयोगी सिप र मूल्य शिक्षा, स्थानीय पेसा व्यवसाय र प्रविधि, हाम्रो वातावरण, दुर्घटना तथा विपद् व्यवस्थापन र हाम्रो व्यक्तित्व, असल बानी व्यवहार र सामाजिक संघसस्थाहरु, मुख्य क्षेत्रहरु समेटिएका छन् ।

यी वियय र क्षेत्रहरु माथि अन्तरक्रियामा सहभागिहरुले तीन वटा समूह मार्फत सुझाव दिएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीधर रोका, उपाध्यक्ष मुगा पुन, वडाध्यक्षहरु र माण्डवीमा क्रियाशिल राजनीति दलहरुका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थीति रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...