News Portal

रेडियो सुन्नुहोस्

करदाता सेवा कार्यालय चकचके प्यूठानको हेल्पडेक्स अब नियमित सञ्चालनमा आउने

झुलेनी नेटवर्क२०७८ चैत १२, प्यूठान
११४६ पटक
२०७८ चैत १२, प्यूठान

प्यूठान उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालय चकचके प्यूठानमा रहेको नागरीक सहायता कक्ष नियमीत रुपमा सञ्चालनमा ल्याउने भएको छ । चैत १० गते वसेको उद्योग वाणिज्य संघको कार्यसमितीको बैठकले नागरीक सहायता कक्ष केही समय अघि देखी प्रयोग विहीन रहेको भन्दै अव नियमीत रुपमा सञ्चाालनमा ल्याउने निर्णय गरेको हो ।
कर तिर्न आएका सेवाग्राहीहरुलाई सहजता दिनका लागि करदाता सेवा कार्यालय चकचके प्यूठानको कार्यालय परिसरमा हेल्पडेक्स स्थापना गरिएपनि कर्मचारी नखटाएका कारण केही समय देखी प्रयोग विहीन रहेको थियो ।
गत वर्षहरुमा कर तिर्ने सेवाग्राहीको भिडभाड लाग्ने सम्भावना देखिने हुनाले नागरीक सहायता कक्ष असार,साउन ,भदौ गरी करिव तिन चार ,महिना सम्म प्रयोगमा ल्याउने गरेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकास खनालले जानकारी दिए । यस आर्थिक वर्षमा भने हेल्पडेक्स अहिले सम्म प्रयोग विहिन नै रहेको छ । जसका कारण कर तिर्न आउने सेवाग्राहीहरुले चर्को मूल्य तिरेर अनलाईन काम कार्यालय बाहिर गर्नुपर्ने बाध्यता छ ।
यस्तै बैठकले जिल्लाका विभिन्न संघ संस्था,स्थानिय तहहरुसँग समन्वय गरेर कुनै संघ संस्थामा दर्ता नगरी अबैध रुपमा हिडडुल गरी व्यापार व्यवसाय गरिरहेका प्यूठान जिल्ला भन्दा बाहिरबाट आउने व्यवसायी तथा भारतिय व्यवसायीहरुलाई उनीहरुले दर्ता नगर्दा सम्म अथवा कार्यलयलाई कर नतिर्दा सम्म व्यापार व्यवसाय गर्न नदिने निणर्य गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...