News Portal

रेडियो सुन्नुहोस्

करदाता सेवा कार्यालय चकचके प्यूठानको हेल्पडेक्स अब नियमित सञ्चालनमा आउने

झुलेनी नेटवर्क२०७८ चैत १२, प्यूठान
१३४८ पटक
२०७८ चैत १२, प्यूठान

प्यूठान उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालय चकचके प्यूठानमा रहेको नागरीक सहायता कक्ष नियमीत रुपमा सञ्चालनमा ल्याउने भएको छ । चैत १० गते वसेको उद्योग वाणिज्य संघको कार्यसमितीको बैठकले नागरीक सहायता कक्ष केही समय अघि देखी प्रयोग विहीन रहेको भन्दै अव नियमीत रुपमा सञ्चाालनमा ल्याउने निर्णय गरेको हो ।
कर तिर्न आएका सेवाग्राहीहरुलाई सहजता दिनका लागि करदाता सेवा कार्यालय चकचके प्यूठानको कार्यालय परिसरमा हेल्पडेक्स स्थापना गरिएपनि कर्मचारी नखटाएका कारण केही समय देखी प्रयोग विहीन रहेको थियो ।
गत वर्षहरुमा कर तिर्ने सेवाग्राहीको भिडभाड लाग्ने सम्भावना देखिने हुनाले नागरीक सहायता कक्ष असार,साउन ,भदौ गरी करिव तिन चार ,महिना सम्म प्रयोगमा ल्याउने गरेको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकास खनालले जानकारी दिए । यस आर्थिक वर्षमा भने हेल्पडेक्स अहिले सम्म प्रयोग विहिन नै रहेको छ । जसका कारण कर तिर्न आउने सेवाग्राहीहरुले चर्को मूल्य तिरेर अनलाईन काम कार्यालय बाहिर गर्नुपर्ने बाध्यता छ ।
यस्तै बैठकले जिल्लाका विभिन्न संघ संस्था,स्थानिय तहहरुसँग समन्वय गरेर कुनै संघ संस्थामा दर्ता नगरी अबैध रुपमा हिडडुल गरी व्यापार व्यवसाय गरिरहेका प्यूठान जिल्ला भन्दा बाहिरबाट आउने व्यवसायी तथा भारतिय व्यवसायीहरुलाई उनीहरुले दर्ता नगर्दा सम्म अथवा कार्यलयलाई कर नतिर्दा सम्म व्यापार व्यवसाय गर्न नदिने निणर्य गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...