News Portal

रेडियो सुन्नुहोस्

स्याउलीबाङ्गमा आगलागीले घर जल्यो, सहयाेगकाे याचना

झुलेनी नेटवर्क२०७८ चैत २१ प्यूठान
१२९८ पटक
२०७८ चैत २१ प्यूठान

नौबहिनी गाउपालिका १ स्याउलीबाङ्गमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी हुदाँ ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नौवहिनी गाउँपालिका वडा नं.१ स्यालीबाङ्गका नर बहादुर बुढाको घरमा आगोलागी हुदाँ एक लाख रुपैया नगद सहित घरमा भएका अन्नपात, लत्ताकपडा र घर पुर्णरुपमा जलेर नष्ट भएको वडाध्यक्ष सेरबहादुर सेनले जानकारी दिए ।

आईतबार विहान साढे १० वजे एक्कासी घरमा आगोलागी भएको परिवारले बताएको छ । सोलारको तार तातिएर आगोलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । आगलागी भएपछि नर बहादुरको परिवार अहिले छिमेकीको सहारामा बसिरहेका छन । तत्काल घर मर्मत गर्नका लागि आर्थिक अभाव भएको भन्दै नर बहादुरको परिवारले सहयोगको याचना गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...