News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कति उम्मेदवारले मनोनयन फिर्ता गरे

झुलेनी नेटवर्क२०७९ वैशाख १६,प्यूठान
१११६ पटक
२०७९ वैशाख १६,प्यूठान

प्यूठानमा ९ पालिकाका  ६७ जना उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका छन । विभिन्न राजनितीक दलका उम्मेदवारहरुले मनोनयन फिर्ता लिएका हुन् ।
मल्लरानी गाउँपालिकामा ८ जना, ऐरावती गाउँपालिकामा ५ जना, गौमुखी गाउँपालिकामा ५ जना, नौबहिनी गाउँपालिकामा ३ जना र प्यूठान नगरपालिकामा ५ जना उम्मेवारहरुले मनोनयन फिर्ता लिएका छन ।
यस्तै माण्डवी गाउँपलिकामा १ जना, सरुमारानी गाउँपालिकामा ५ जना, र स्वर्गद्धारी नगरपालिकामा १ जना  उम्मेदवारले मनोनयन फिर्ता लिएको स्थानिय तहको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जिल्लाकाे झिमरुक गाउँपालिकामा सवै भन्दा धेरै ३५ जना उम्मेदवारहरुले  मनोनयन फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले हिजो देखी आज सम्म उम्मेदवारहरुलाई मनोनयन फिर्ता लिन पाउने समयअवधि तोकीदिएको थियो । यस्तै भोली १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिहन् प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...