News Portal

रेडियो सुन्नुहोस्

जीवनको रंग : सिमलाको सीपले लिस्नेमा फल्दै छ स्याउ

तेजेन्द्र बि.एम. २०७९ बैशाख २०, प्यूठान
७३६ पटक
२०७९ बैशाख २०, प्यूठान

दशवर्ष भारतको सिमलाको स्याउ फर्ममा प्यूठान नगरपालिका–५ जुम्रीकाढा टोड्केका किमबहादुर जीसीले काम गरे । उनकै मेहनतले स्याउ बगैचाबाट मालिकले करोडांै रुपैया कमाए । श्रीमती र दुई छोरी फर्ममै काम गर्थे । सधै प्रदेशमा बसेर काम गरेर मात्र हुदैन भन्ने उनीहरुलाई लाग्यो । दश वर्ष सीकेको कामको सदुपयोग गर्दै आफ्नै बारीमा स्याउ बगैचाको मालिक बन्दै छन् ।

तीन वर्ष पहिले उनले आफ्नै बारीमा स्याउ लगायत अन्य फलफूल रोपेर अरुलाई नमुना देखाई रहेका छन् । उनले रोपेका स्याउका बिरुवा हुर्कदै गएका छन् भने आरु बखडा यस वर्षदेखि फल लाग्न थालेको छ । ‘हाम्रो जस्तै डाँडाका बारीमा आफैले रोपेको स्याउले लाखांै रुपैया कमाई भइरहेको देख्यौ’, उनले भने, ‘हाम्रो बारीमा किन नफल्ला भन्ने लागेर स्याउ रोप्ने योजनासहित नेपाल फर्केका हांै ।’ भारतबाट फर्कदा उनीहरु उतैबाट स्याउका बिरुवा लिएर रोप्ने योजना साथ बिरुवाको पनि बन्दोबस्त गरेर आएका थिए ।

प्यूठान नगरपालिकाको कृषि शाखाले उताको बिरुवा भन्दा यतैको बिरुवा राम्रो हुने सल्लाह पछि उनले यहीकै बिरुवा रोपेको बताए । स्याउसहित आरु बखडा, दाते ओखर लगायत करिव एक हजार बिरुवा रोपेका छन् । स्याउका बिरुवालाई आवस्यक पर्ने मलको लागि ७० ओटा बाख्रा पनि पालेका छन् । उनीहरुले भारतमा दश वर्ष बस्दा कमाएको रुपैया जति स्याउ फर्म खोल्न लगानी गरिरहेका छन् ।

हिमाल देखिने, उत्तर फर्केको, हिउदमा हिउपर्ने, मलिलो माटो भएको जमिन भएकाले स्याउ राम्रो फल्ने अनुमान जीसी परिवारले गरेका छन् । ‘स्याउ लाई कटानी, छटानी, कलमे, मलजल गर्ने सबैकाम राम्रोसंग सिकेका छौँ,’ श्रीमती धनकुमारीले भनीन्, ‘आफ्नै देशमा स्याउ फर्म खोल्ने योजना पूरा भएकोमा निकै खुसी छौँ ।’ जीसी परिवारको लिस्ने टोड्केको बाख्रा तथा स्याउ खेति फर्मलाई मकवानपुर स्थित डामनको हिउँदे फलफूल स्रोत केन्द्रबाट बेर्ना लिएर स्याउ लगाएका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...