News Portal

रेडियो सुन्नुहोस्

नवजात शिशुको मेरुदण्डमा समस्या आर्थिक अभावले उपचार हुन सकेन

बाेम बहादुर परियार २०७९ बैशाख २३
२१५१ पटक
२०७९ बैशाख २३

प्युठान जन्मजात नै नबजात शिशुको कम्मर पछाडिको भागमा मासु पलायपछि परिवारले उपचारका लागि आर्थिक सहयोग अपिल गरेका छन ।
प्युठानको नौबहिनी गाउपालिका ५ डामृ कि २३ वर्षिय सुत्केरी महिला चमिला थापा छेत्रीले आफ्नो नबजात शिशु लाई बचाउन सहयोगको अपिल गरेकी हुन ।
उनले गत चैत्र २० गते प्युठान अस्पतालमा बच्चा जन्माएकी थिईन ।

नबजात शिशुको शरिरमा यस्ताे समस्या देखिएपछी डाक्टरले काठमाण्डौ लैजानका लागि आग्रह गरेका थिए ।  आर्थिक अभाबका कारण चमिलाले आफ्नो बच्चालाई फर्काएर घर लैजानु परेको थियो ।
अहिले उनिहरु प्युठानको पुण्ययखोला स्थित गाउका आफन्त भिम बहादुर रोका छेत्रीको कोठामा बस्दै आएका छन । गत मंसिर १९ गते आफ्नो श्रीमान समेत गुमाएकी चमिलाको साथमा अहिले बुढी सासुआमा हुनुहुन्छ । अहिले उनलाई नजिकबाट सहयोग गर्ने भनेको गाउका भिम बहादुर रोका छेत्री मात्र छन । नवजात शिशुलाई उपचारका लागि काठमाण्डौ लैजाने गाडी भाडा समेत छैन । उपचार कसरी गर्नु बच्चाको हजुरआमाले गुनासो पोखिन ।
प्युठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर सौरभ श्रेष्ठका अनुसार बच्चालाई काठमाडौ स्थित टिचिङ अस्पतालमा लगेर उपचार गर्नुपर्ने देखिएको छ ।  गर्भअवस्थामा प्रशस्त मात्रामा भिटामिन ‌बि ( फाेलिक  एसिड)  कमीका कारण वच्चामा यस्तो समस्या देखिने डाक्टरको भनाई छ ।

आर्थिक अभाबका कारण उपचार नपाएकाे नबजात शिशुलाई बचाउनको लागि तपाई हाम्रो सहयोगको आवाश्यक छ ।सहयोग गर्न इच्छुक व्यक्तीले छिमेकी भिम बहादुर रोका क्षेत्रीको सम्पर्क नम्वर ९८४४९०९६७०,र सिदार्थ बंैक जुम्री शाखाको खाता नम्वर ०१३१५०७४५९८ मा सहयोग रकम जम्मा गरी दिनुहुन अनुरोध गर्दछौ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...