News Portal

रेडियो सुन्नुहोस्

नवजात शिशुको मेरुदण्डमा समस्या आर्थिक अभावले उपचार हुन सकेन

बाेम बहादुर परियार २०७९ बैशाख २३
२२५६ पटक
२०७९ बैशाख २३

प्युठान जन्मजात नै नबजात शिशुको कम्मर पछाडिको भागमा मासु पलायपछि परिवारले उपचारका लागि आर्थिक सहयोग अपिल गरेका छन ।
प्युठानको नौबहिनी गाउपालिका ५ डामृ कि २३ वर्षिय सुत्केरी महिला चमिला थापा छेत्रीले आफ्नो नबजात शिशु लाई बचाउन सहयोगको अपिल गरेकी हुन ।
उनले गत चैत्र २० गते प्युठान अस्पतालमा बच्चा जन्माएकी थिईन ।

नबजात शिशुको शरिरमा यस्ताे समस्या देखिएपछी डाक्टरले काठमाण्डौ लैजानका लागि आग्रह गरेका थिए ।  आर्थिक अभाबका कारण चमिलाले आफ्नो बच्चालाई फर्काएर घर लैजानु परेको थियो ।
अहिले उनिहरु प्युठानको पुण्ययखोला स्थित गाउका आफन्त भिम बहादुर रोका छेत्रीको कोठामा बस्दै आएका छन । गत मंसिर १९ गते आफ्नो श्रीमान समेत गुमाएकी चमिलाको साथमा अहिले बुढी सासुआमा हुनुहुन्छ । अहिले उनलाई नजिकबाट सहयोग गर्ने भनेको गाउका भिम बहादुर रोका छेत्री मात्र छन । नवजात शिशुलाई उपचारका लागि काठमाण्डौ लैजाने गाडी भाडा समेत छैन । उपचार कसरी गर्नु बच्चाको हजुरआमाले गुनासो पोखिन ।
प्युठान अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर सौरभ श्रेष्ठका अनुसार बच्चालाई काठमाडौ स्थित टिचिङ अस्पतालमा लगेर उपचार गर्नुपर्ने देखिएको छ ।  गर्भअवस्थामा प्रशस्त मात्रामा भिटामिन ‌बि ( फाेलिक  एसिड)  कमीका कारण वच्चामा यस्तो समस्या देखिने डाक्टरको भनाई छ ।

आर्थिक अभाबका कारण उपचार नपाएकाे नबजात शिशुलाई बचाउनको लागि तपाई हाम्रो सहयोगको आवाश्यक छ ।सहयोग गर्न इच्छुक व्यक्तीले छिमेकी भिम बहादुर रोका क्षेत्रीको सम्पर्क नम्वर ९८४४९०९६७०,र सिदार्थ बंैक जुम्री शाखाको खाता नम्वर ०१३१५०७४५९८ मा सहयोग रकम जम्मा गरी दिनुहुन अनुरोध गर्दछौ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...