झुलेनी पोष्ट संवाददाता२०७९ बैशाख ३०, प्यूठान



शुक्रबार बिहान ७ बजेदेखि प्यूठानका सबै स्थानीय तहरुमा मतदान सुरु भएको छ । जिल्लाका २ सय २० वटै मतदान केन्द्रहरुमा सातै बजेबाट मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपाले जानकारी दिइन । प्यूठान नगरपालिका ४ स्थित कालिका बोर्डिङ स्कूलको मतदान स्थलमा ठिक ७ बजेबाटै मतदान सुरु गरिएको मतदान केन्द्र ख का केन्द्र प्रमुख माधब पोख्रेलले जानकारी दिए । यहाँको मतदान स्थलमा २ वटा केन्द्र रहेका छन । दुईवटैमा शान्तिपूण तरिकाले मतदान भइरहको छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आउने जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ ।
Giru
Write to Giru Bhandari
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

