


प्यूठान नगरपालिका वडा नं. ९ मा पनि गठबन्धनको प्यानलनै विजयी भएको छ । वडा अध्यक्ष पदमा गठवन्धनबाट उम्मेदवारी दिएका बिकास केसीले ८५३ मत प्राप्त गरि विजयी भएका हुन । त्यस्तै उनका प्रतिस्प्रर्धी एमालेका उम्मेदबार दिपेन्द्र केसीले ७०९ मत मात्र प्राप्त गरेका छन ।
गठबन्धनले नगरपालिकाको ७ वटा वडामा जित हात पारेको छ भने एमालेले २ वटा वडामा जितेको छ । अहिले वडा नं.१० को मतगणनाको कार्य चलिरहेको छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

