News Portal

रेडियो सुन्नुहोस्

सरकारी तलब–भत्ता नलिने झिमरुकका अध्यक्षकाे घोषणा

झुलेनी नेटवर्क२०७९ जेठ ०६ प्यूठान
१२१८ पटक
२०७९ जेठ ०६ प्यूठान

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गरेका छन् ।

शुक्रबार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उनले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गरेका हुन् । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले बताए ।

आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा राम्रा र जनमुखी काम गर्नुपर्छ भन्ने माओवादीको नीति रहेको पनि महताराले बताए ।

राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जीसीलाई हराएर माओवादी केन्द्रका महतारा अध्यक्षमा निर्वाचित भएका हुन । तत्कालीन बाँदिकोट गाउँ विकास समितिका अध्यक्षसमेत रहेका महतारा पूर्व शिक्षक पनि हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...