News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : फाँट जोगाउन परेन कसैको नजर

झुलेनी नेटवर्क२०७९ जेठ ११ प्यूठान
१७२६ पटक
२०७९ जेठ ११ प्यूठान

प्यूठानमा केही वर्ष अघिसम्म मुरी/रोपनीमा बेचबिखन बेचिने गरिने झिमरुक फाँटको खेत हिजोआज हात, मिटरमा बिक्रि वितरण हुँदै आइरहेको छ । मानो रोपी मुरी फल्ने खेति योग्य जमिन प्लटिङ गरी घडेरी बनाएर बेच्ने क्रम रोकिएको छैन् । पहाडबाट बसाईसराई गरि बेसी झर्ने र बिदेशबाट कमाएर ल्याएको पैसाले सबैभन्दा पहिले किन्न भनेकै घडेरी बनेको छ । किसानसँग खेत वा बारी किनेर हातमा कित्ता काट गरेर घडेरीहरु धमाधम बन्ने क्रम जारी छ । सरकारले जग्गा जमिनको कित्ता काट रोकेको छ तर अनेक विकल्प अपनाएर बिक्री भने रोकिएको छैन् ।
बाग्दुला, बिजुवार, टारी, जुम्री तथा क्वाडी बजार क्षेत्र नजिक भएका ठाउँहरुमा खेती योग्य जमिन प्लटिङका कारण दिनानुदिन मासिदै गएको छ । खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, खेती गर्ने व्यक्तिहरु बिदेश जानुका कारण वर्षेनी खेती योग्य जमिन मासिदै गएको हो । मानो रोपेर मुरी दिने खेतलाई घडेरीमा रुपान्तरण गरेर दिनानुदिन खेत मासिनाले जिल्लाका गम्भिर खाद्य संकट पर्न सक्छ । विकास आजलाई मात्र होइन भोलीलाई पनि चाहिन्छ । झिमरुक फाँट रोगाउन तर्फ सरोकारवाला निकायको नजर परोस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...