News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बल्ल पुरिए सडकका खाल्डा

झुलेनी नेटवर्क२०७९ जेठ ११ प्यूठान
१०८१ पटक
२०७९ जेठ ११ प्यूठान

दशैं अगाडि भालुवाङ प्यूठान सडक खण्डको रातामाटादेखि बाग्दुलासम्म पिच गर्नको लागि खाल्डा खनिएको थियो । यी खाल्डा ८ महिना पछि बल्ल पुरेर पिच गरिएका छन् । झन्डै एक वर्ष सडकमा उडेको धुलोले बजार क्षेत्रका स्थानीयले हैरानी व्यहोररहेका थिए । दुर्घटनाको यत्तिकै जोखिम थियो । प्यूठानमा रहेको सडक डिभिजन कार्यालय रहनेकी नरहने भन्ने कुराको अन्यौलले गर्दा सयममै काम गर्न समस्या परेको निर्माण व्यवसायीले बताएका छन् । निर्माण व्यवसायीका अनुसार अब एक दुई दिनमै खाल्डा पुरेर पिच गर्ने सबै काम सकिने छन् ।

कार्यालय प्यूठानको माण्डबी जस्पुरमै रहने कुराको ग्यारेन्टी भएर कर्मचारी आएपछि कार्यालयले काम अगाडी बढाएको छ । कार्यालय अन्तर्गत ठेक्का लिएका सबै निर्माण व्यवसायीलाई ताकेता पारेर काम गर्न लगाइएको सडक डिभिजन कार्यालय प्यूठानका लेखा अधिकृत झगबहादुर दसौदीले जानकारी दिए । बिजुवार, बाग्दुला, जुम्री क्षेत्रमा सडक मर्मतको काममा भएको ढिलाइले स्थानीयलाई निकै सास्ती भएको विषयमा कार्यालय गम्भीर बनेको दसौदीले बताए । यो विषय निर्माण व्यवसायीलाई निकै ताकेता पारेको उनले बताए । ढिलै भएपनि सडकका खाल्डा खुुल्डी पुरेर सडक पिच भएकोमा यस क्षेत्रका स्थानीयले राहत पाएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...