News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बल्ल पुरिए सडकका खाल्डा

झुलेनी नेटवर्क२०७९ जेठ ११ प्यूठान
९२६ पटक
२०७९ जेठ ११ प्यूठान

दशैं अगाडि भालुवाङ प्यूठान सडक खण्डको रातामाटादेखि बाग्दुलासम्म पिच गर्नको लागि खाल्डा खनिएको थियो । यी खाल्डा ८ महिना पछि बल्ल पुरेर पिच गरिएका छन् । झन्डै एक वर्ष सडकमा उडेको धुलोले बजार क्षेत्रका स्थानीयले हैरानी व्यहोररहेका थिए । दुर्घटनाको यत्तिकै जोखिम थियो । प्यूठानमा रहेको सडक डिभिजन कार्यालय रहनेकी नरहने भन्ने कुराको अन्यौलले गर्दा सयममै काम गर्न समस्या परेको निर्माण व्यवसायीले बताएका छन् । निर्माण व्यवसायीका अनुसार अब एक दुई दिनमै खाल्डा पुरेर पिच गर्ने सबै काम सकिने छन् ।

कार्यालय प्यूठानको माण्डबी जस्पुरमै रहने कुराको ग्यारेन्टी भएर कर्मचारी आएपछि कार्यालयले काम अगाडी बढाएको छ । कार्यालय अन्तर्गत ठेक्का लिएका सबै निर्माण व्यवसायीलाई ताकेता पारेर काम गर्न लगाइएको सडक डिभिजन कार्यालय प्यूठानका लेखा अधिकृत झगबहादुर दसौदीले जानकारी दिए । बिजुवार, बाग्दुला, जुम्री क्षेत्रमा सडक मर्मतको काममा भएको ढिलाइले स्थानीयलाई निकै सास्ती भएको विषयमा कार्यालय गम्भीर बनेको दसौदीले बताए । यो विषय निर्माण व्यवसायीलाई निकै ताकेता पारेको उनले बताए । ढिलै भएपनि सडकका खाल्डा खुुल्डी पुरेर सडक पिच भएकोमा यस क्षेत्रका स्थानीयले राहत पाएका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...