News Portal

रेडियो सुन्नुहोस्

बाँदरले किसान समस्यामा, बाली जोगाउनै गाह्राे

बुढा बुढी देखि केटाकेटी सम्म बाँदर धपाउन बारिमा

सिखबर संवाददाताप्यूठान,श्रावण २७ स्वर्गद्वारी
१५४५ पटक
प्यूठान,श्रावण २७ स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका करिव आधा दर्जन साविको गाविसका किसानलाई बादर धपाउने कामले दिन वित्ने गरेको छ । नगरपालिका भित्रका साविकका वेल्वास, सारी, भिंग्री, गोठिवाङ लगायत अन्य ठाउँका जनता बिहान देखी साझ सम्म नै बारी र जंगलमै दिन कटाउन परेको बताउँछन ।

बादर हेर्न आएका स्थानीयका अनुसार जंगली जनावरको आतंक कारण दैनिकजसो दिउसोको समयमा बाँदर धपाउनको लागि समुदायका अधिंकाश कृषकहरु बारिको ढिकमा बसेर दिन कटाउने गरेको स्थानीय ७५ वर्षिय मोहनलाल कालाथोकीले बताउनुभयो ।
यहाँका बादर पिडित कृषकहरु भन्छन बादरले सास्ती दिएर हैरान पारेको बताउछन वर्षभरी दुख गरेर केहि हुन्छकी भनेर खेती ग¥यो कहिले हावाहुरीले विनास गर्छ त कहिले जंगली जनावरले हैरानी पार्छ’ ‘गरिवलाई कहिल्यै राम्रोसंग खान पुग्दैन, लागाएको वालीनै बादरले सखाप पारे पछि केही उपाए छैन भन्नुहुन्छ स्थानीय कृषक धनिराम जैसी ।

बादर आतंकले हैरानी बनाएको स्थानीयको जनगुनासो आएपछी निरिक्षणका लागि सम्बन्धीत स्थानमा जादै गर्नुभएका वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराइले यसक्षेत्रमा बादर आतंकको वर्षेनी समस्या हुने भएकाले नै अहिलेको नयाँ आर्थिक वर्षमा नगरपालिकाले बादर नियन्त्रको लागि भन्दै रु १० लाख रुपैया विनियोजन गरेको जानकारी दिनुभयो ।

नगरापलिकाले दश लाख रुपैया वजेट बादर नियन्त्रणको लागि भन्दै विनियोजन गरेको पैसा त्यहाँका जनताले हामीलाई कुनै जानकारी छैन हाम्रो समस्या र दुख जस्ताका तस्तै छन भन्छननी केहो ? भन्ने हाम्रो प्रश्नमा वडा अध्यक्ष भट्टराइले बादर नियन्त्रणको लागि तालिम प्राप्त व्यक्तिहरुको आवश्क पर्ने हुँदा बादर नियन्त्र गर्ने व्यक्तिहरु सँग समन्वय र पहकदमी भैरहेको हुदाँ जनताले यो समस्यावाट तत्कालै छुटकरा पाउने उहाँले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...