News Portal

रेडियो सुन्नुहोस्

बाँदरले किसान समस्यामा, बाली जोगाउनै गाह्राे

बुढा बुढी देखि केटाकेटी सम्म बाँदर धपाउन बारिमा

सिखबर संवाददाताप्यूठान,श्रावण २७ स्वर्गद्वारी
१११० पटक
प्यूठान,श्रावण २७ स्वर्गद्वारी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका करिव आधा दर्जन साविको गाविसका किसानलाई बादर धपाउने कामले दिन वित्ने गरेको छ । नगरपालिका भित्रका साविकका वेल्वास, सारी, भिंग्री, गोठिवाङ लगायत अन्य ठाउँका जनता बिहान देखी साझ सम्म नै बारी र जंगलमै दिन कटाउन परेको बताउँछन ।

बादर हेर्न आएका स्थानीयका अनुसार जंगली जनावरको आतंक कारण दैनिकजसो दिउसोको समयमा बाँदर धपाउनको लागि समुदायका अधिंकाश कृषकहरु बारिको ढिकमा बसेर दिन कटाउने गरेको स्थानीय ७५ वर्षिय मोहनलाल कालाथोकीले बताउनुभयो ।
यहाँका बादर पिडित कृषकहरु भन्छन बादरले सास्ती दिएर हैरान पारेको बताउछन वर्षभरी दुख गरेर केहि हुन्छकी भनेर खेती ग¥यो कहिले हावाहुरीले विनास गर्छ त कहिले जंगली जनावरले हैरानी पार्छ’ ‘गरिवलाई कहिल्यै राम्रोसंग खान पुग्दैन, लागाएको वालीनै बादरले सखाप पारे पछि केही उपाए छैन भन्नुहुन्छ स्थानीय कृषक धनिराम जैसी ।

बादर आतंकले हैरानी बनाएको स्थानीयको जनगुनासो आएपछी निरिक्षणका लागि सम्बन्धीत स्थानमा जादै गर्नुभएका वडा नं ७ का वडा अध्यक्ष टेक बहादुर भट्टराइले यसक्षेत्रमा बादर आतंकको वर्षेनी समस्या हुने भएकाले नै अहिलेको नयाँ आर्थिक वर्षमा नगरपालिकाले बादर नियन्त्रको लागि भन्दै रु १० लाख रुपैया विनियोजन गरेको जानकारी दिनुभयो ।

नगरापलिकाले दश लाख रुपैया वजेट बादर नियन्त्रणको लागि भन्दै विनियोजन गरेको पैसा त्यहाँका जनताले हामीलाई कुनै जानकारी छैन हाम्रो समस्या र दुख जस्ताका तस्तै छन भन्छननी केहो ? भन्ने हाम्रो प्रश्नमा वडा अध्यक्ष भट्टराइले बादर नियन्त्रणको लागि तालिम प्राप्त व्यक्तिहरुको आवश्क पर्ने हुँदा बादर नियन्त्र गर्ने व्यक्तिहरु सँग समन्वय र पहकदमी भैरहेको हुदाँ जनताले यो समस्यावाट तत्कालै छुटकरा पाउने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...