News Portal

रेडियो सुन्नुहोस्

विपन्नहरुका लागि मर्यादा किट र किशोरी किट वितरण

झुलेनी नेटवर्क२०७९ जेठ १३, प्यूठान
९५९ पटक
२०७९ जेठ १३, प्यूठान

विपन्न महिला तथा किशोरीहरुका लागि दैनिक उपभोग्य बस्तुहरु रहेको मर्यादा किट र किशोरी किट एक कार्यक्रमका वीच वितरण गरिएको छ ।

मल्लरानी गाउँपालिका वडा नं. ३ मा रहेका १० जना विपन्न महिला तथा किशोरीहरुका लागि सामग्री शुक्रबार वितरण गरिएको हो । राष्ट्रिय अपांग सेवा संघ प्यूठानको समन्वय तथा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तु र यु.एन्. एफ्. पि. ए.को सहयोगमा १० सेट सामग्री वितरण गरिएको हो । विपन्न महिला तथा किशोरीहरुलाई ३ नं. वडा अध्यक्ष नोमराज पौडेल र महिला तथा किशोर किशोरी लक्षित कार्यक्रमको सुपरभाइजर निस्ता थापाले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

मर्यादा किट र किशोरी किटले विपन्न महिला तथा किशोरीका लागि अत्यावश्यक रुपमा चाहिने साम्रगी भएकोले उहाँहरुलाई आपतको वेला सहज हुने उदेश्यका साथ सामग्री हस्तान्तर गरिएको कार्यक्रम सुपरभाइजर थापाले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कर्मचारी संगठनले मनायो ३५ औं स्थापना दिवस, मृगौला पीडितलाई सहयोग

नेपाल निजामती कर्मचारी संगठन प्यूठानले स्थापना दिवसको अवसर पारेर मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ...

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...