News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

झुलेनी नेटवर्क२०७९ जेठ १६ प्यूठान
१२७४ पटक
२०७९ जेठ १६ प्यूठान

प्यूठान नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार जेठ १२ मनोनयन दर्ता गर्ने समय थियो । नेकपा एमालेबाहेक नेपाली काँग्रेस, रा.ज.मो र माओवादी केन्द्र दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता गरेका थिए । नगरपालिकामा गठबन्धनका ५ महिला र ३ अल्पसंख्यक सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

नगरपालिकाका निर्वाचन अधिकृत कृष्ण बहादुर वलीका अनुसार १२ गते कार्यपालिका सदस्यहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेकोमा गठबन्धनका ८ जना सदस्यको मनोनयन दर्ता भएको थियो । अन्य दलहरू भने मनोनयन दर्ता गराउन नआएको निर्वाचन अधिकृतको भनाई छ ।

उक्त नगरपालिकामा नगरप्रमुख विष्णु योगी र उपप्रमुख देवेन्द्र वर्मा सहित ७ वटा वडाहरू गठवन्धनले जितेको छ । बाँकी २ वडामा नेकपा एमाले र १ वडामा स्वतन्त्र तर्फका उम्मेदवारले जितेको छ ।

महिला सदस्यतर्फ गायत्री रावत नेपाली कांग्रेस, लाली घर्तीमगर रा.ज.मो, दुर्गा केसी माओवादी केन्द्र, शान्ता खड्का मगर, गिता भण्डारी र दलित अल्पसंख्यकतर्फ काली बहादुर सार्की नेपाली कांग्रेस, सुनिल सापकोटा माओवादी केन्द्र र मिन बहादुर सार्की राजमोबाट निर्वाचित भएका छन् । कार्यपालिका सदस्यमा निर्वाचित सदस्यहरुले सोमबार नै प्रमाणपत्र प्राप्त तथा पदभार ग्रहण गरिसकेका छन ।

नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र प्रत्येक वडाबाट एक÷एक जना वडाध्यक्ष रहन्छन् । नगर सभाले सभाका सदस्यहरूमध्येबाट निर्वाचित पाँच जना महिला र अन्य तीन जना दलित वा अल्पसंख्यक पनि कार्यपालिकाको सदस्य रहने व्यवस्था गरेको छ । त्यस्तै गाउँ कार्यपालिकामा अध्यक्ष, उपाध्यक्ष र प्रत्येक वडाबाट एक/एक जना वडाध्यक्ष रहने व्यवस्था छ । यसबाहेक गाउँ सभाका सदस्यमध्येबाट चार महिला र अन्य दुई दलित वा अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित हुने व्यवस्था गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...