News Portal

रेडियो सुन्नुहोस्

विपद् घटना: कृत्रिम अभ्यासमा जस्तो अभ्यास साच्चिकै घटनामा हुनुपर्छ

झुलेनी नेटवर्क२०७९ जेठ २३, प्यूठान
१८६४ पटक
२०७९ जेठ २३, प्यूठान

सोमबार जिल्ला प्रशासन कार्यालय प्यूठानको अयोजनामा प्यूठान नगरपालिका ४ बिजुवार स्थित खेलकुद मैदानमा विपद्जन्य घटना सम्बन्धी कृतिक अभ्यास गरिएको छ । स्थानीय तहरुको सहयोगमा गरिएको अभ्यासमा आगलागी, बाढीपहिरो भएपछि उद्द्धार तथा खोज कसरी गर्ने भन्ने बारे अन्यास गरिएको थियो । यो निकै राम्रो पक्ष मान्न सकिन्छ । विपद भन्ने कुरा बाजा बजायर आउने होइन । आइहाल्यो भन्ने पूर्वतयारी गर्नु जरुरी हुन्छ । त्यो कार्य जिल्ला प्रशासन कार्यलयले आफ्नो अगुवामा गरेर राम्रो काम गरेको छ ।

विपद भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जन वा धनको क्षतीको साथै जीवनयापन र वातावरणमा प्रतकिूल असर पर्ने प्राकृतकि वा गैरप्राकृतिक संकट सम्झनु पर्छ । यो बाट बच्नको लागि तयारी गर्नु पर्ने हुन्छ । पूर्व तयारी विपद् जोखिम न्यूनिकरणको लागि गर्नुपर्छ । प्यूठान जिल्ला विपद् जोखिमको हिसावले धेरै जोखिम जिल्ला अन्तर्गत पर्दछ । विपद् जोखीम न्यूनीकरण भन्नाले विपद् पूर्व गरीने जोखिमको विश्लेषण तथा मूल्याङ्कन, विपद् रोकथाम वा विपद्बाट हुने क्षतिको न्यूनीकरण तथा विकासका कार्यमा विपद् जोखिमलाई कम गर्ने सम्बन्धी कार्य हो । यो कार्य गर्दा आम नागरिकको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागी हुन जरुरी हुन्छ । विपद पर्दा आम नागरिकले भोगेको पीडाका कारण यसरी गरिने विपद् सम्बन्धी कृत्रिम अभ्यासमा आम नागरिकको विश्वास छैन् । आगलागी भइसकेपछि आउने दम्कल, बाढीले क्षति पु¥याइसके पछिको उद्धारले गर्दा नगरिकमा विश्वास नभएको हो । यस तर्फ पनि सरोकार निकायले ध्यान पु¥याउन जरुरी छ । कृत्रिम अभ्यासमा जस्तो अभ्यास साच्चिकै घटनामा हुनुपर्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...