News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी दर्शन गरि फर्किएका दुई वटा पिकअप छुट्टाछुट्टै ठाउँमा दुर्घटना, एक भारतिय नागरिकको मृत्यु, दुइ जनाको अवस्था गम्भिर ।

झुलेनी नेटवर्क २०७९ असार, १ प्यूठान
९६५ पटक
२०७९ असार, १ प्यूठान

स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किएको बालेरो पिकअप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

भारतिय नागरिक चढेको पि‍बी.१०जि.जेड.०२७९ नम्बरको गाडी दुर्घटना हुँदा भारत उत्तर प्रदेशका ५८ वर्षिय विक्की नाउको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक लाल बहादुर विकले जानकारी दिए । विकका अनुसार २ जनाको अवस्था गम्भिर रहेकोले भैरवा रिफर गरिएको छ । अन्य व्यक्तिको अवस्था सामान्य रहेको छ । गाडीमा सवार २७ जना रहेका थिए । गाडी स्वर्गद्धारी नगरपालिका ४ घडेरीमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

त्यस्तै मन्दिर दर्शन गरि फर्किएको अर्को पिकअप दुर्घटना हुदाँ दुई भारतिय नागरिक घाईते भएका छन । उनीहरुलाई पनि जिल्ला बाहिर रिफर गरिएको विकले बताए । पि.बी ५१ ई ४९८४ नम्बरको पिकअप भिङ्ग्री जलुकेमा दुर्घटना भएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...