


गएराती देखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण गौंमुखी गाउँपालिका क्षेत्रमा १ दर्जन बढि पशुचौपाया पुरिएर मरेको गौंमुखी गाउँपालिकाले जनाएको छ ।
गौमुखी गाउँपालिका ४ पुजा, ६ लिबाङमा बाढीले धेरै क्षति पुर्याएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । स्थानीयको भैसी, बाख्रा र गाइ मरेको गिरीले बताए । गिरीका अनुसार पालिकाभरमा १० घर उच्च जोखिममा रहेका छन् । झन्डै आधा दर्जन गोठ पहिरोका कारण भत्किएका छन् । यहाँको अग्लुङ खोला बढेका कारण ठुलाबेसी अर्खा रजबारा सडक समेत अवरुद्ध भएको छ । यसले गर्दा गौमुखी १, २ र ३ नम्बर वडाका स्थानीयलाई पालिकासम्म आउन जान समस्या परेको छ । मच्छि–ठूलाबेसी सडक पनि अवरुद्ध छ ।
यस्तै प्यूठानकाे नाैबहिनी गाउँपालिका ६ सिर्सेनीमा घर माथीबाट आएकाे पहिराेकाे कारण हरिप्रसाद रिजालकाे घरमा पनि क्षति पुर्याएकाे छ ।
उता एेरावती १ डाब्रा लगायत प्यूठानका दर्जनाै ठाउँमा अविरल वर्षाका कारण बाढी पहिराेले क्षति पुर्याएकाे स्थानीयहरुकाे भनाइ छ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

