News Portal

रेडियो सुन्नुहोस्

गौमुखीमा बाढी पहिरोमा परेर दर्जन पशुचौपाँया मरे

झुलेनी नेटवर्क२०७९ असार १५, प्यूठान
१०४१ पटक
२०७९ असार १५, प्यूठान

गएराती देखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरोका कारण गौंमुखी गाउँपालिका क्षेत्रमा १ दर्जन बढि पशुचौपाया पुरिएर मरेको गौंमुखी गाउँपालिकाले जनाएको छ ।

गौमुखी गाउँपालिका ४ पुजा, ६ लिबाङमा बाढीले धेरै क्षति पुर्याएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । स्थानीयको भैसी, बाख्रा र गाइ मरेको गिरीले बताए । गिरीका अनुसार पालिकाभरमा १० घर उच्च जोखिममा रहेका छन् । झन्डै आधा दर्जन गोठ पहिरोका कारण भत्किएका छन् । यहाँको अग्लुङ खोला बढेका कारण ठुलाबेसी अर्खा रजबारा सडक समेत अवरुद्ध भएको छ । यसले गर्दा गौमुखी १, २ र ३ नम्बर वडाका स्थानीयलाई पालिकासम्म आउन जान समस्या परेको छ । मच्छि–ठूलाबेसी सडक पनि अवरुद्ध छ ।

यस्तै प्यूठानकाे नाैबहिनी गाउँपालिका ६ सिर्सेनीमा घर माथीबाट आएकाे पहिराेकाे कारण हरिप्रसाद रिजालकाे घरमा पनि क्षति पुर्याएकाे छ ।

उता एेरावती १ डाब्रा लगायत प्यूठानका दर्जनाै ठाउँमा अविरल वर्षाका कारण बाढी पहिराेले क्षति पुर्याएकाे स्थानीयहरुकाे भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...