News Portal

रेडियो सुन्नुहोस्

प्यूठान उद्योग वाणिज्य संघद्धारा ३२ औँ स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

झुलेनी नेटवर्क२०७९ असार १५, प्यूठान
१००५ पटक
२०७९ असार १५, प्यूठान

प्यूठान उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा प्यूठान अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

उद्योग वाणिज्य संघले आफ्नो ३२ औँ स्थापना दिवसको अवसर पारेर प्यूठान अस्पतालमा उपचारत विरामीहरुलाई फलफुल वितरण तथा झिमरुक र गौमुखी बजार क्षेत्रमा सरसफाई गरेको हो । साथै सोही अवसरमा एक कार्यक्रमको आयोजना गरि रक्तदान समेत गरिएको छ ।

उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रलको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठान प्रमुख धर्म बहादुर जि.सीको प्रमुख आतिथ्यता तथा प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको विषेश आतिथ्यता र नगर उप–प्रमुख देवेन्द्र वर्मा, प्यूठान अस्पतालका निमित्त प्रमुख खिम प्रसाद पार्देको आतिथ्यता तथा संघका पूर्व अध्यक्ष, सल्लाहकार, उद्योगी व्यवसायी तथा संघका कर्मचारीहरुको सहभागीतामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा व्यवसायीक हकहितका साथै सामाजिक क्षेत्रमा समेत संघले गरिरहेको कार्यको प्रशंसा गर्दै प्रमुख तथा अतिथिहरुले रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन । उक्त कार्यक्रममा प्यूठान उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य प्रभात श्रेष्ठ, कार्यकारी निर्देशक प्रकाश खनाल लगाएत उद्योगी व्यवसायीहरुले रक्तदान गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...