News Portal

रेडियो सुन्नुहोस्

जीवनकाे रङ्ग : मेहनत गरे गाउँमै सम्भव छ रोजगारी

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ श्रावण १०, प्यूठान
७५० पटक
२०७९ श्रावण १०, प्यूठान

नौबहिनी गाउँपालिकाका एक यूवा बंगुरपालन व्यवसायबाट मनग्य आर्थिक लाभ लिन सफल भएका छन । नौबहिनी गाउँपालिका ४ खवाङका किसान अर्जुन केसीले बंगुर फर्म सञ्चालनमा गरेको ६ वर्षमै राम्रो आम्दानी गर्न सफल भएका छन् । ‘गाउँमै १ रोपनी जग्गा भाडामा लिएर बंगुर फर्म खोलेको छु,’ उनले भने,‘ मेहनत गरे गाउँमा बसेरै सबै थोक सम्भव छ ।’ ८ कक्षमा पढ्दा पढ्दै अजुृन विदेश गएका थिए । २ वर्ष बिदेश बसेर घर फर्केपछि विदेश नजाने निर्णय गरेर उनले गाउमै व्यवसाय गर्न थालेका हुन् । २७ वर्षका अर्जुन परिवारसंगै बसेर बंगुर पालन गरेर भएको आम्दानीले निकै हौसीएका छन् ।

आमाको नाममा कला बहुदेश्य कृषि तथा पशुपंक्षी फर्म दर्ता गरि फर्म सञ्चालनमा ल्याएका हुन । ऋण गरेर ४ लाख लगानीमा गाउँमै जग्गा भाडामा लिएर ११ वटा बंगुरबाट बंगुर पालन सुरु गरेका थिए । उनले २१ कोठाको बंगुर खोर बनाएका छन । भाडामा लिएको १ रोपनी जग्गाको वार्षिक रुपमा ६० हजार रुयौयाँ भाडा तिर्दै आएका छन । हाल उनको फर्ममा ३४ वटा बंगुर छन । मासु तथा पाठापाठी बिक्री भइरहने भएकोले गाउँमै मासु र पाठापाठीको माग निकै राम्रो छ । उनको फर्ममा ल्यान्डेस, हेमसार र कालो धराने जस्ता उन्नत जातका बेलायती बंगुरहरु छन । यस्ता उन्नत जातका बेलायती बंगुर पालन गर्दा प्रसस्त लाभ भइरहेको उनले बताए ।

फर्मबाट गाउँबाहेक बाहाने, विजुवार, दम्तीसम्मका मान्छेले पनि बंगुरका पाठापाठी खरिद गर्न जाने गरेको उनले बताए । अझैसम्म कुनै अनुदान नपाएको उनले सुनाए । ६ वर्षमा बंगुरको दाना, उपचार तथा पारिवारीक खर्च बाहेक ५ लाख आम्दानी गरेको केसी बताउँछन् । श्रीमती, आमा र भाउजुले बंगुर स्याहारमासहयोग गर्ने गरेको उनले बताए । अर्जुनले पछिल्लो समय वैदेशिक रोजगारीमा जान लागेका युवालाई सकेसम्म विदेश नगई गाउँमै कुनै व्यवसाय गरेर जीवन चलाउन सहज हुने सल्लाहसमेत दिने गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...