News Portal

रेडियो सुन्नुहोस्

नेवारी समुदायको परम्परागत संस्कृति झल्काउने लाखे नाच,प्यूठान खंलगामा प्रदशन।

गिता गाैतम२०७९साउन १४, प्यूठान ।
५८८ पटक
२०७९साउन १४, प्यूठान ।

नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच यस वर्ष प्यूठान जिल्लाको सरमुकाम खंलगामा प्रदशन गरिएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्ष देखी रोकिएको लाखे नाच परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रदशन गरिएको नेवा समुदाय प्यूठानका अध्यक्ष वसन्त शाक्यले जानकारी दिए । प्यूठान जिल्लाको सदरमुकाम खंलगा, विजुवार लगाएत नेवारी समुदायको वसोवास भएको स्थानमा लाखे नाच देखाउने गरिन्छ । मुखमा मुकुण्डो, चौरीका कपाल, रिबनका फुर्का, घण्ट, रंगीविरंगीका लुंगी लगाएतका पोसाक लगाउदै वासुरी, झ्याली र नेवारी बाजाको तालमा नाच देखाउने गरिन्छ ।
लाखे नाच गाठेमंगल (चर्तुदशी) साउन १० गतेका दिन देखी निकालिने भएतापनि लाखे नाच नाच्दा लगाउने पोषाक तथा सामाग्रीहरु तयार भैनसकेका कारण आजबाट प्रदशन गरिएको अध्यक्ष शाक्ले बताए । जिल्लामा लाखे नाचबाट जम्मा भएको रकम वर्षेनी प्रदशन गरिने लाखे नाच सामाग्री व्यवस्थापनमै खर्च गरिदै आएको शाक्यले बताए ।
गाठेमंगल(चर्तुदशी)का दिनदेखी सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीमा समाप्त हुन्छ । जनैपूर्णिमासम्म लाखे नाच तथा त्यसपछि रोपाई जात्रा, गाई जात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गरिने गरिन्छ । नेवा समुदायमा लाखे नाचलाई शान्ति भैरवको रुपमा लिइने अध्यक्ष शाक्यले बताए । लाखे नाच देख्दा डरलाग्दो मुकुण्डो, लामो कपाल लगाएर नाचिने तथा प्रदशन गरिने भएता पनि नेवा समुदायका बालबालिकाको संरक्षण गर्ने उद्देश्यले प्रदशन गरिदै आएको अध्यक्ष शाक्यको भनाई छ ।

प्रतिकृया दिनुहोस्

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...