News Portal

रेडियो सुन्नुहोस्

नेवारी समुदायको परम्परागत संस्कृति झल्काउने लाखे नाच,प्यूठान खंलगामा प्रदशन।

गिता गाैतम२०७९साउन १४, प्यूठान ।
१३६४ पटक
२०७९साउन १४, प्यूठान ।

नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच यस वर्ष प्यूठान जिल्लाको सरमुकाम खंलगामा प्रदशन गरिएको छ । कोरोना संक्रमणका कारण विगत दुई वर्ष देखी रोकिएको लाखे नाच परम्परागत संस्कृतिको जर्गेना गर्ने उद्देश्यले प्रदशन गरिएको नेवा समुदाय प्यूठानका अध्यक्ष वसन्त शाक्यले जानकारी दिए । प्यूठान जिल्लाको सदरमुकाम खंलगा, विजुवार लगाएत नेवारी समुदायको वसोवास भएको स्थानमा लाखे नाच देखाउने गरिन्छ । मुखमा मुकुण्डो, चौरीका कपाल, रिबनका फुर्का, घण्ट, रंगीविरंगीका लुंगी लगाएतका पोसाक लगाउदै वासुरी, झ्याली र नेवारी बाजाको तालमा नाच देखाउने गरिन्छ ।
लाखे नाच गाठेमंगल (चर्तुदशी) साउन १० गतेका दिन देखी निकालिने भएतापनि लाखे नाच नाच्दा लगाउने पोषाक तथा सामाग्रीहरु तयार भैनसकेका कारण आजबाट प्रदशन गरिएको अध्यक्ष शाक्ले बताए । जिल्लामा लाखे नाचबाट जम्मा भएको रकम वर्षेनी प्रदशन गरिने लाखे नाच सामाग्री व्यवस्थापनमै खर्च गरिदै आएको शाक्यले बताए ।
गाठेमंगल(चर्तुदशी)का दिनदेखी सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीमा समाप्त हुन्छ । जनैपूर्णिमासम्म लाखे नाच तथा त्यसपछि रोपाई जात्रा, गाई जात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गरिने गरिन्छ । नेवा समुदायमा लाखे नाचलाई शान्ति भैरवको रुपमा लिइने अध्यक्ष शाक्यले बताए । लाखे नाच देख्दा डरलाग्दो मुकुण्डो, लामो कपाल लगाएर नाचिने तथा प्रदशन गरिने भएता पनि नेवा समुदायका बालबालिकाको संरक्षण गर्ने उद्देश्यले प्रदशन गरिदै आएको अध्यक्ष शाक्यको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...