News Portal

रेडियो सुन्नुहोस्

विरामीको सेवामा स्वास्थ्य क्षेत्रका कर्मचारी लचिलो हुनुस् : प्रदेश स्वास्थ्य मन्त्री थारु

झुलेनी पोष्ट २०७९ साउन १७, प्यूठान
९९० पटक
२०७९ साउन १७, प्यूठान

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले कर्मचारीहरुलाई आफ्नो काममा दृढ भएर लाग्न आग्रह गरेका छन । प्यूठान अस्पताल र निक साइमन इन्स्टिच्युटको सहकार्यमा संचालित ग्रामिण अस्पताल सुद्ढिकरण परियोजना अन्तरगत अस्पतालको भवन पुनर्सरचना गरि बहुविशेषज्ञ सेवाको अद्घाटन कार्यक्रममा यस्तो बताएका हुन ।

भवन विस्तार भएर मात्र सेवा राम्रो नहुने भन्दै थारुले विरामीको सेवामा स्वास्थ्य क्षेत्रका कर्मचारी लचिलो भएर लाग्नु पर्ने बताएका हुन । साथै थारुले स्वास्थ्य क्षेत्र संवेदनशिल भएको भन्दै यसलाई हेलचक्राई नगर्न समेत आग्रह गरेका छन ।

साथै उनले चिकित्सकले बिरामीहरुसंग रिस पोख्ने र असर पुग्ने गरी काम नगरी माथिल्लो निकायसंग छलफल गर्न समेत आग्रह गरेका छन ।
साथै कार्यक्रममा निक साईमनका प्रमुख डा. कासिव शाहले प्यूठान अस्पतालमा प्रत्येक वर्ष १ करोडको कार्यक्रम गर्ने गरेको बताएका छन ।
अवको ५ वर्ष पछि निक साइमन फेजआउट हुन सक्ने सम्भावना भएको भन्दै आजै बाट अस्पताल व्यवस्थापन समिति र सरोकारवालाले यस विषयमा सोच्नु पर्ने बताएका छन ।

अस्पतालमा कर्मचारीहरुलाई तालिम तथा टेक्नीकलका विषयमा सहकार्य गर्नमा निकसाइमन सधै साथमा रहने बताएका छन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालको विकासका लागि गाउँपालिका तथा नगरपालिकाहरुले पनि आर्थिक रुपमा सहयोग र सहकार्य गर्नु पर्ने बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...