News Portal

रेडियो सुन्नुहोस्

कुशे औसी/बुबाको मुख हेर्ने दिन बुबाको सम्झनामा शारीरिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
१६२९ पटक
२०७९ भदौ १०, प्यूठान

आज कुशे औसी/बुबाको मुख हेर्ने दिनको अवसर पारेर बुबाको सम्झनामा शैक्षिक सामाग्री वितरण गरिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा निवासी समाजसेवि नबिनप्रकाश श्रेष्ठकाे परिवारले स्वर्गिय बुबा मेघलाल श्रेष्ठको सम्झनामा राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानद्धारा संचालित शारीरिक अपाङ्गता अवास गृह खलंगामा बस्दै आएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् ।

राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिंह केसीको उस्थितीमा श्रेष्ठ परिवारले ११ जना बालवालिकाई कापी, झोला र विस्कुट लगाएतका सामाग्री प्रदान गरेका छन् । शारीरिक अपाङ्गता अवास गृह खलंगामा जिल्लाका विभिन्न स्थानका शारीरिक अपाङ्गता भएका बालवालिकाहरुले अध्यनन् गर्दै आईरहेका छन् ।

शारीरिक अपाङ्गता भएका बालवालिकाको शैक्षिक बिकासमा टेवा पुर्याउने उद्देश्य सहित केही नयाँ फरक सोच राखेर बुवाको सम्झनामा बालवालिकालाई सहयोग प्रदान गरेको समाजसेवी श्रेष्ठले बताए ।

पछिल्लो समय मानिसहरुले कुनै विशेष दिन, जन्मदिन लगाएतलाई फजुल खर्चको सट्टा फरक तरिकाले मनाउनुका साथै सामाजिक काममा सक्रियता देखाउन थालेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...