News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : खेलमैदानको संरक्षणमा कसैको ध्यान पुगेन

झुलेनी नेटवर्क२०७९ भाद्र २१, प्यूठान
९७१ पटक
२०७९ भाद्र २१, प्यूठान

गणतान्त्रिक खेलकुद मैदानको संरक्षणमा कसैको ध्यान पुगेको छैन । गत वर्ष प्यूठान नगरपालिकाको बजेटमा खेलकुद मैदान वरिपरि तारजाली लगाए पनि तारजाली ठाउँठाउँबाट च्यातिएका छन् । च्यातिएका तारजाली मर्मत तथा संरक्षणमा कसैले चासो देखाएका छैनन् ।

करोडौँ रकम खर्चेर खेलमैदान निर्माण गरिएता पनि खेलाडीले यसको सदुपयोग गर्न पाएका छैनन् । खेलमैदान छिर्ने गेटमा प्रायः ताल्चा लगाएको हुन्छ । त्यसैले खेलाडीहरु तारजाली च्यातिएको ठाउँबाट जान बाध्य छन । खानेपानी र शौचालय गर्न समेत असुविधा रहेको खेलाडीहरुले गुनासो गर्दै आएका छन । खेलकुद मैदानमा चर्पी भएता पनि ताल्चा झुण्डाइएको छ । आजभोली खेलकुदको विभिन्न कार्यक्रम भैरहँदा धेरै खेलाडीहरु देखा पर्न थालेका छन । कार, बाइक तथा स्कुटर ड्राइभिङ सिक्नेहरु पनि उक्त खेलमैदान मै देखिने गरेका छन् ।

उक्त खेलमैदान साविकको जिल्ला विकास समिति, सामाजिक विकास डिभिजन कार्यालय र प्यूठान नगरपालिकको बजेटमा निर्माण गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...