News Portal

रेडियो सुन्नुहोस्

युट्युबको भिडियोबाट प्रभावित भई अमेरिकाबाट विक्रम गिरिले प्यूठानको एक विद्यालयका बालबालिकाहरुलाई गरे सहयोग

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ भाद्र २३, प्यूठान
९७४ पटक
२०७९ भाद्र २३, प्यूठान

युट्युबको भिडियोबाट प्रभावित भई अमेरिकाबाट विक्रम गिरिले प्यूठानको एक विद्यालयको बालबालिकाहरुलाई सहयोग गरेका छन ।

नौवहिनी गाउँपालिकामा वडा नं ७ बास्कोटका भाइरल भएका १२ वटि दिदिबहिनिहरुले अभिनय गरेको भिडियो युट्युब, टिकटक लगायत सामाजिक सञ्जालमा देखेपछी उनिहरुले पढ्ने विद्यालयका बालबालिकालाई अमेरिकामा बस्दै आएका विक्रम गिरिले ३० हजार रुपैयाँ बराबरको विद्यालय सामाग्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बास्कोटका विद्यार्थीहरुलाई वितरण गरेका हुन । सो विद्यालयमा १ सय २४ जना विद्यार्थी छन् ।

विपन्न, अनाथ तथा अपांग बालबालिकाको आधारमा विद्यार्थीहरु मध्ये ५ जनालाई विद्यालय पोसाक, ५ जनालाई झोला, विद्यालयका सबै जना बालबालिकालाई स्टेसनरी सामाग्री वितरण गरेका छन । ती १२ बहिनिमध्ये प्रत्येक बहिनिले क्रमश २०४५ सालदेखी सो विद्यालय बास्कोटमा हालसम्म अध्ययन गर्दै आएका छन । ती १२ बहिनिका बाबु सुमन्त सापकोटालाई सो विद्यालयले उक्त कार्यक्रममा ३४ वर्ष देखि लगातार छोरीहरुलाई त्यस विद्यालयमा पढाएको भन्दै सम्मान समेत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज सापकोटाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...