News Portal

रेडियो सुन्नुहोस्

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

७०८ पटक

झुलेनी नेटवर्क
१९,मंसिर २०७९
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् । यसअघि मत माग्दै घरदैलो र गाउँगाउँ पुगेका थिए । अहिले उनीहरू जितपछि धन्यवाद दिँदै र ५ वर्षका लागि योजना र सुझाव मागिरहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पोलीटव्यूरो सदस्य सूर्यबहादुर थापा क्षेत्रीले हिजोआज घरदैलो गर्ने काममा व्यस्थ रहेको जानकारी गराए । जिल्लाको मल्लरानी, गौमुखी, ऐरावती, माण्डबी गाउँपालिका, प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिकामा घरदैलोमा पुगेर खुसी साटासाट गरेको उनले जनाए । उनले एक दुई दिन भित्रै सबै स्थानीय तहरुमा घरदैलो गरेर सकिने बताए । प्रतिनिधिसभा सांसद चुनिएका थापाले कसरी जित्ला भन्नेहरु लाइ प्यूठाननी जनताले जीताइ दिएकोमा मतदातालाइ धन्यबाद दिन मतदाताको घरदैलौमै गुगेको बताए । उनले विकासमा राजनीति नगर्न र गर्न नदिन मतदातालाई सचेत गराउदै आएका छन् । ‘निर्वाचनअघिसम्म फरक पार्टीका थियौं । अब सबैको साझा व्यक्ति भइसक्यौं’ उनले थपे ।
प्रदेश १ का सांसद तुस्लिराम पोख्रेल पनि मतदाताको घरदैलोमै व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेटेर आभार प्रकट गरिसकेको सुनाए । प्रदेश २ बाट चुनिएका सांसद शरोज थापां पनि मतदातासँगै जितको खुसियाली साटेर काठमाडौ पुगेका छन् । उनले चुनावताका गरेका प्रतिबद्धता पूरागर्न पछि नहट्ने बताए । घरदैलोमा आएका सांसदलाई मतदाताले सुशासन, विकास निर्माण र आर्थिक अनियमितताविरुद्ध लाग्न आग्रह गरेका छन् । जितपछि सांसद भेट्न आएकोमा मतदाता उत्साहित छन् । ‘अब जनप्रतिनिधि जनताको समस्यासँग एक भएर लाग्नुप¥यो । जितेपछि अर्को चुनावसम्म अनुहार नदेखाउने प्रवृत्तिको अन्त्य होस,’प्यूठान नगरपालिका ५ जुम्रीकाढाँमा किमबहादुर जिसीले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...