News Portal

रेडियो सुन्नुहोस्

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

८४० पटक

झुलेनी नेटवर्क
१९,मंसिर २०७९
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् । यसअघि मत माग्दै घरदैलो र गाउँगाउँ पुगेका थिए । अहिले उनीहरू जितपछि धन्यवाद दिँदै र ५ वर्षका लागि योजना र सुझाव मागिरहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका पोलीटव्यूरो सदस्य सूर्यबहादुर थापा क्षेत्रीले हिजोआज घरदैलो गर्ने काममा व्यस्थ रहेको जानकारी गराए । जिल्लाको मल्लरानी, गौमुखी, ऐरावती, माण्डबी गाउँपालिका, प्यूठान नगरपालिका, स्वर्गद्धारी नगरपालिकामा घरदैलोमा पुगेर खुसी साटासाट गरेको उनले जनाए । उनले एक दुई दिन भित्रै सबै स्थानीय तहरुमा घरदैलो गरेर सकिने बताए । प्रतिनिधिसभा सांसद चुनिएका थापाले कसरी जित्ला भन्नेहरु लाइ प्यूठाननी जनताले जीताइ दिएकोमा मतदातालाइ धन्यबाद दिन मतदाताको घरदैलौमै गुगेको बताए । उनले विकासमा राजनीति नगर्न र गर्न नदिन मतदातालाई सचेत गराउदै आएका छन् । ‘निर्वाचनअघिसम्म फरक पार्टीका थियौं । अब सबैको साझा व्यक्ति भइसक्यौं’ उनले थपे ।
प्रदेश १ का सांसद तुस्लिराम पोख्रेल पनि मतदाताको घरदैलोमै व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेटेर आभार प्रकट गरिसकेको सुनाए । प्रदेश २ बाट चुनिएका सांसद शरोज थापां पनि मतदातासँगै जितको खुसियाली साटेर काठमाडौ पुगेका छन् । उनले चुनावताका गरेका प्रतिबद्धता पूरागर्न पछि नहट्ने बताए । घरदैलोमा आएका सांसदलाई मतदाताले सुशासन, विकास निर्माण र आर्थिक अनियमितताविरुद्ध लाग्न आग्रह गरेका छन् । जितपछि सांसद भेट्न आएकोमा मतदाता उत्साहित छन् । ‘अब जनप्रतिनिधि जनताको समस्यासँग एक भएर लाग्नुप¥यो । जितेपछि अर्को चुनावसम्म अनुहार नदेखाउने प्रवृत्तिको अन्त्य होस,’प्यूठान नगरपालिका ५ जुम्रीकाढाँमा किमबहादुर जिसीले भने ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...