News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर : अस्पताल जाने सडक मर्मत गर्ने कस्ले?

सुजता थापा क्षेत्री (भण्डारी)२०७९ पाैष ०६ गते प्यूठान
६१३ पटक
२०७९ पाैष ०६ गते प्यूठान

कमसल काम हँुदा निर्माण भएको केहि महिनामै जीर्ण रहेको जिल्ला अस्पताल बिजुवार पुग्ने सडक अझै मर्मत भएको छैन । बिरामी बोक्ने एम्बुलेन्सलाई अस्पताल पुग्न समस्या भएको छ । प्यूठान नगरपालिका–४ बिजुवारको जिल्ला अस्पताल पुग्ने सडक नराम्रोसंग बिग्रेको हो । यो सडक जीर्ण हु“दा जिल्लाभरका बिरामीले दुःख पाएका छन् ।

‘सडकको कारण बिरामीले दुःख पाएको देखिरहेका छौं,’ बिजुवारका एक स्थानीयले भने,‘बिरामीले दुःख पाएको देख्दा दया लाग्छ ।’ केहि वर्ष पहिले प्यूठान नगरपालिकाले ढलान गरेको सडक अहिले उम्केर जिर्ण भएको छ । ढलान उम्केर ठूलाठूला खाल्डा बनेका छन् । खाडलले गर्दा एम्बुलेन्सलाई अस्पताल पुग्न समस्या भइरहेको छ । सडकमा फलाम छड देखिएका छन् । सडक वरीपरि निर्माण सामाग्री राख्ने गर्दा सडक साघुरो पनि हुदै गएको छ । यसमा सरोकारवाला निकाएको ध्यान पुगेको देखिदैन ।

सुत्केरी, वृद्धवृद्धाले अस्पताल आउदा धेरै दुःख पाएको स्थानीय नविन गौतमले बताए । ‘अस्पताल पुग्ने सडक सुधार गर्न नगरपालिकालाई धेरै पटक अनुरोध ग¥यो,’उनले भने,‘अझै सुुधार गरिएको छैन ।’ ‘पहिलो प्राथमिकता अस्पताल पुग्ने सडकलाई दिनपर्ने हो,’उनले भने,‘तर नगरपालिकलो यसमा ध्यान दिएन ।’ सडकका कारण धेरै बिरामी एक्बुलेन्सबाट झरेर हि“डेरै अस्पताल पुग्ने गरेको देखेको गौतमले बताए ।

जिल्ला असपताल पुग्ने सडक मर्मतको लागि यस वर्ष नगरपालिकाले २० लाख रुपैया“ बजेट बिनियोजन गरेर काम भएको थियो । उपभोत्ता समिति मार्फत सडक मर्मतको काम अगाडि बढेको थियो । उपभोत्ताले ठेगेदारलाई काम दिएका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...