News Portal

रेडियो सुन्नुहोस्

भित्रीकोट कृषि सहकारी संस्थाको नवौ साधारण सभा र तेस्रो अधिवेसन सम्पन्न

बिबश घर्ति मगर१० पुष २०७९
७०३ पटक
१० पुष २०७९

भित्रीकोट कृषि सहकारी संस्था लि प्यूठान नगरपालिका ४ को नवौ साधारण सभा र तेस्रो अधिवेसन सम्पन्न भएको छ । शुशिला घिमीरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष निरज सुवेदीले मर्च गरेर अगाडी बढाउन सके संस्था अझै बलियो हुने बताए । उनले पदको मात्र आश नगरि विशेष कृषि कार्यमा भरिपूर्ण भएर लाग्न आग्रह गरे । अवको नयाँ कार्यसमितिले नयाँ अवधारणामा सञ्चालन गर्न कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुवेदीले बताए ।

दुई कार्यकाल संस्थामा आवद्ध रहेर काम गर्न पाउनु आफुलाई गर्भ लागेको निबर्तमान अध्यक्ष सुशिला घिमिरे बताएका छन् । नयाँ आउने कार्यसमितीलाई आवश्यक सहयोगको आवश्यकता परेमा त्यसबेला आफुपछि नहट्ने प्रतिबद्धता प्रकट गरेका हुन् । हाल नयाँ कार्यसमितीमा अध्यक्ष जुना पोखे्रल, उपाध्यक्ष सीता पोख्रेल, सचिव लालुमाया सुवेदी र कोषध्यक्षमा सावित्रा गौतम चयन हुनुभएको छ भने सदस्यमा भवानी न्यौपाने र शारदा गौतम चयन भएका छन् । शुसिला घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघका कोषाध्यक्ष निरज सुवेदी, विशेष अतिथि भित्रिकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुमन सुवेदी रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...