News Portal

रेडियो सुन्नुहोस्

भित्रीकोट कृषि सहकारी संस्थाको नवौ साधारण सभा र तेस्रो अधिवेसन सम्पन्न

बिबश घर्ति मगर१० पुष २०७९
५६४ पटक
१० पुष २०७९

भित्रीकोट कृषि सहकारी संस्था लि प्यूठान नगरपालिका ४ को नवौ साधारण सभा र तेस्रो अधिवेसन सम्पन्न भएको छ । शुशिला घिमीरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष निरज सुवेदीले मर्च गरेर अगाडी बढाउन सके संस्था अझै बलियो हुने बताए । उनले पदको मात्र आश नगरि विशेष कृषि कार्यमा भरिपूर्ण भएर लाग्न आग्रह गरे । अवको नयाँ कार्यसमितिले नयाँ अवधारणामा सञ्चालन गर्न कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सुवेदीले बताए ।

दुई कार्यकाल संस्थामा आवद्ध रहेर काम गर्न पाउनु आफुलाई गर्भ लागेको निबर्तमान अध्यक्ष सुशिला घिमिरे बताएका छन् । नयाँ आउने कार्यसमितीलाई आवश्यक सहयोगको आवश्यकता परेमा त्यसबेला आफुपछि नहट्ने प्रतिबद्धता प्रकट गरेका हुन् । हाल नयाँ कार्यसमितीमा अध्यक्ष जुना पोखे्रल, उपाध्यक्ष सीता पोख्रेल, सचिव लालुमाया सुवेदी र कोषध्यक्षमा सावित्रा गौतम चयन हुनुभएको छ भने सदस्यमा भवानी न्यौपाने र शारदा गौतम चयन भएका छन् । शुसिला घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सहकारी संघका कोषाध्यक्ष निरज सुवेदी, विशेष अतिथि भित्रिकोट सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुमन सुवेदी रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...