News Portal

रेडियो सुन्नुहोस्

शिक्षण पेशा त्यागेर साहित्यतर्फ आचार्य

झुलेनी पोष्ट२०७९ ,पुस २३
९२३ पटक
२०७९ ,पुस २३

ऐरावती गाउँपालिका अन्तर्गतका ४ वटा विद्यालयमा संचालित तिनदिने कथा लेखन कार्यशालाको आज समापन भएको छ । कथा लेखन कार्यशालामा महेन्द्र माद्यामीक बिद्यालय सराङबेसी, पद्मोदय माद्यामिक बिद्यालय धुवाङ, सिशुकल्याण आधाभुत बिद्यालय झिवाङ र जनकल्याण आधारभूत बिद्यालय हर्नाघाट गरी ४ वटा विद्यालयका ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ऐरावती गाउँपालिकाको आयोजना तथा साहित्य परिषद् प्यूठानको समन्वयमा तालिम संचालन गरिएको हो ।

कथा लेखन कार्यले बालबालिकाको सर्वाङ्गिण विकास, क्षमता विकासका साथसाथै विद्यार्थीहरुले रचनात्मक तथा साहित्य लेखन क्षमताको विकास गरुन र जिल्लास्तरमा सक्षम कथालेखक उत्पादन गर्ने उद्देश्यले कथा लेखन कार्यलाई जिल्लाभर विस्तारित रुपमा चलाउने प्रशिक्षक विजयराज आचार्यले बताए ।
बालबालिकाको रुचिअनुसार साहित्यतर्फ अग्रसर गराई कथा लेखनमा अभिभावकले समेत जोड दिनुपर्ने उनको भनाई छ ।

केही वर्ष अघि मात्र प्रध्यानाध्यापकको पेशा छोडेर साहित्यतर्फ लागेका आचार्य अहिले बाल कथा लेखनमा सबैभन्दा धेरै किताब लेख्ने लेखकका रुपमा परिचित छन् । हाल सम्म उहाँका १सय १५ वटा बाल कथाहरु प्रकाशित भईसकेका छन् । उनले प्यूठान सहित देशभर करिब २सय५० वटा तालिम दिने लक्ष्य रहेको बताए ।

साथै उनले कथा लेखन कार्यलाई विद्यार्थीहरुले निरन्तर रुपमा अभ्यास गर्दै दिर्घकालिन समयसम्म कथा लेखनको माध्यमबाट आफुलाई समाजमा स्थापित गर्दै साहित्य तर्फ परिचित गराउने उद्देश्यले लागि पर्न समेत अनुरोध गरे । शनिवार एक कार्यक्रमको आयोजना गरि तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको हो ।

तालीम समापन समारोहमा प्रशिक्षार्थीहरुले विभिन्न शिर्षकमा कथा लेखेर वाचन गरेका थिए । समापन कार्यक्रममा साहित्य परिषद प्यूठानका सल्लाहकार टोपाराम आचार्य, ऐरावती गाउँपालिका उपाध्यक्ष, महेन्द्र माद्यामिक विद्यालयका प्रध्यानाध्यापक खेत बहादुर रोका, अभिभावक, वालवालिकाहरुको उपस्थिती रहेको थियो ।

 

 

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...