News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगर उद्योग बाणिज्य संघद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र

झुलेनी पोष्ट२०७९, पुस २५ प्यूठान
५८१ पटक
२०७९, पुस २५ प्यूठान

प्यूठान नगर उद्योग बाणिज्य संघले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले नगर क्षेत्रमा देखिएका विद्ययमान समस्याहरु समाधान गर्नुपर्ने माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा इजाजत विना सवारी साधनका रीटेलिङ, अनाधिकृत पोके तथा झोले व्यापारीहरुले इजाजत नलिई पूर्णरुपमा कर तिरेका व्यापारिहरुलाई प्रभावित वनाएकाले निरुत्साहित गर्नुपर्ने, व्यवसायिहरुका लागि कर शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने, बैकं तथा वित्तिय संस्थाहरुको सुरक्षाका लागि सडक वत्तीको व्यवस्था गर्नुपर्ने, नगरपालिकाद्धारा जडित चेरनेटा, दाखाक्वाडी, जुर्मी, विजुवारहुदै बाग्दुला सम्म रहेका करिब २ बर्ष अगाडीदेखी बिग्रिएर रहेका सिसिक्यामराको मर्मत, बजार क्षेत्रमा अत्याधिक मात्रामा बढ्दै गईरहको सडक जामलाई कम गर्न व्यवस्थित पार्कीङ स्पोट व्यवस्था गर्नुपर्ने लगाएतका माग गरिएको छ ।

साथै नगरपालिकाले लिदै आएको व्यवसायिक करमा उद्योग वाणिज्य संघसँग समन्वय तथा सहकार्य गर्दै एकद्वार प्रणालीबाट कर लिनुपर्ने माग समेत गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...