News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कफी खेतीको सम्भावना  कति ? 

झुलेनी पोष्ट२६ पुष, २०७९
१२६६ पटक
२६ पुष, २०७९

प्यूठानमा कफी खेतीको सम्भावना  कति ? 

पछिल्लो समय प्यूठानमा कफि खेती गर्ने किसानहरुको संख्यामा बृद्धि हुन थालेको छ । प्यूठानको सरुमारानी, मल्लरानी, गौमुखी, ऐरावती, झिमरुक गाउँपालिका लगाएतका स्थानहरुमा कफिखेति गर्ने किसानहरुको आकर्षण बढेको हो ।गौमुखी गाउँपालिका ६ लिवाङका पदम बहादुर केसी कफी खेति विस्तार गर्ने सोचमा छन । उनले कफिको राम्रो सम्भावना देखेर २० हजार विरुवा उत्पादन गर्ने सोचमा रहेको बताए ।

जिल्लाको मल्लरानी, गौमुखी, झिमरुक, ऐरावती र सरुमारानी गाउँपालिकाका केही स्थानमा कफी खेति विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई धान जोन प्यूठानका प्रमुख चुमानसिह गिरीले बताए । उनले भने,‘ किसानहरुलाई कफीखेती सम्बन्धी तालिमहरु संचालन गरेर यसतर्फ आर्कषित गराउन सकियो भने खेर गएका बाझो जमिनलाई उपयोग गरी जिल्लाका धेरै जसोे स्थानमा कफिखेति गर्न सकिन्थ्यो र यसबाट किसानहरुलाई स्वरोजगार बनाउन सकिन्थ्यो ।’

जिल्लामा करीब १० हेक्टर क्षेत्रफलमा ४५ जना किसानहरुले व्यवसायीक कफिखेती गर्दै आएका छन् । समुद्री सतहदेखी करिब ८ सय मिटरको उचाईदेखी करिब १५ सय मिटरसम्मको उचाईमा कफी खेती हुन्छ । कफी खेती गर्ने कृषकहरुलाई कार्यालयले ५० प्रतिसत अनुदानमा विरुवाहरु वितरण गर्दै आएको पनि गिरीले बताए । कफिले एक बोटबाट १५ केजि भन्दा माथि उत्पादन दिन्छ । कफीलाई चिसोबाट जोगाउन निकै ग्राहो पर्छ । कफीलाई टनेल लगाइदिने, मलजल गर्ने र चिसोबाट जोगाउँन सक्ने हो भने यसले राम्रो आम्दानी दिने गिरीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...