News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कफी खेतीको सम्भावना  कति ? 

झुलेनी पोष्ट२६ पुष, २०७९
९७८ पटक
२६ पुष, २०७९

प्यूठानमा कफी खेतीको सम्भावना  कति ? 

पछिल्लो समय प्यूठानमा कफि खेती गर्ने किसानहरुको संख्यामा बृद्धि हुन थालेको छ । प्यूठानको सरुमारानी, मल्लरानी, गौमुखी, ऐरावती, झिमरुक गाउँपालिका लगाएतका स्थानहरुमा कफिखेति गर्ने किसानहरुको आकर्षण बढेको हो ।गौमुखी गाउँपालिका ६ लिवाङका पदम बहादुर केसी कफी खेति विस्तार गर्ने सोचमा छन । उनले कफिको राम्रो सम्भावना देखेर २० हजार विरुवा उत्पादन गर्ने सोचमा रहेको बताए ।

जिल्लाको मल्लरानी, गौमुखी, झिमरुक, ऐरावती र सरुमारानी गाउँपालिकाका केही स्थानमा कफी खेति विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई धान जोन प्यूठानका प्रमुख चुमानसिह गिरीले बताए । उनले भने,‘ किसानहरुलाई कफीखेती सम्बन्धी तालिमहरु संचालन गरेर यसतर्फ आर्कषित गराउन सकियो भने खेर गएका बाझो जमिनलाई उपयोग गरी जिल्लाका धेरै जसोे स्थानमा कफिखेति गर्न सकिन्थ्यो र यसबाट किसानहरुलाई स्वरोजगार बनाउन सकिन्थ्यो ।’

जिल्लामा करीब १० हेक्टर क्षेत्रफलमा ४५ जना किसानहरुले व्यवसायीक कफिखेती गर्दै आएका छन् । समुद्री सतहदेखी करिब ८ सय मिटरको उचाईदेखी करिब १५ सय मिटरसम्मको उचाईमा कफी खेती हुन्छ । कफी खेती गर्ने कृषकहरुलाई कार्यालयले ५० प्रतिसत अनुदानमा विरुवाहरु वितरण गर्दै आएको पनि गिरीले बताए । कफिले एक बोटबाट १५ केजि भन्दा माथि उत्पादन दिन्छ । कफीलाई चिसोबाट जोगाउन निकै ग्राहो पर्छ । कफीलाई टनेल लगाइदिने, मलजल गर्ने र चिसोबाट जोगाउँन सक्ने हो भने यसले राम्रो आम्दानी दिने गिरीले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...