News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाको हिउँदे अधिवेशन पुष ३० दिउँसो १ बजे

बिबश घर्ति मगर२८ पुष २०७९
४५६ पटक
२८ पुष २०७९

झिमरुक गाउँपालिका गाउँकार्यपालिकाको वैठक विहिबार गाउँपालिका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आउँदो पुष ३० गते दिउँसो १ बजे गाउँपालिकाको हिउँदे अधिवेशन गर्ने तथा अधिवेशनमा पेश गर्ने कार्यसुचिको बारेमा छलफल भएको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए । त्यस्तै बैठकले विभिन्न ६ बुदामा गाउँपालिकाको कार्यसुची अघि सारेको छ । जसमा बिनियोजन ऐन २०७९ लाई संसोधन गर्ने, चालु योजना संसोधन, गाउँपालिकामा हालसम्म भएका कार्यहरुको निर्णय अनुमोदन गर्र्ने, आर्थिक बर्ष २०७९र८० को बजेट अनुमोदन, कर्मचारीहरुलाई सम्मान सँगै २०७७।०७८ को म.ले.प. प्रतिवेदनलाई सार्वजनिक गर्ने कार्यसुची रहेको छ ।


गाउँपालिकाले यो बर्ष झिमरुक गाउँपालिका १ र ३ मा रहेका किसानहरुलाई सुचिकरण गर्ने र परिचयपत्र वितरण गर्ने भएको हो । बैठकले सेवा प्रवाहमा मापदण्ड बनाई त्यसैको आधारमा सेवाग्राहिहरुले सेवा पाउनबाट बन्चित भएमा तुरुन्त सम्बन्धित कार्यलयमा उजुरी दिन सक्ने समेत आग्रह गरेको छ । त्यस्तै जेष्ठ नागरिक सञ्जाल कार्यविधि, झोलुङ्गे पुल निर्माणको सम्झौता समय सकिएको र त्यसको फेरी समय थप, आफुखुसी सडक मिचेर संरचना बनाउने कार्यलाई न्यूनिकरण गर्नको लागि सबै वडाहरुमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

त्यस्तै ५ वटा योजनाहरुको डिपिआर गरेर कार्यन्वयनमा ल्याउने निर्णय रहेको छ ।
(१) ढाड, बादिकोट, पुरकोटदह गुल्मि जोड्ने सडक कालोपत्रे
(२) ढाड, गब्दी, टिमुरचौर हुँदै दिहाल्नाचौर कालोपत्रे
(३) ढाड, गब्दी, तुषरा मोटरबाटो कालोपत्रे
(४) ९० धाटी, काउले, चिफ्लेटी कृषि सडक कालोपत्रे
(५) दिहाल्ना पर्यटन पूर्वाधारको लागि डिपिआर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...