News Portal

रेडियो सुन्नुहोस्

झिमरुक गाउँपालिकाको हिउँदे अधिवेशन पुष ३० दिउँसो १ बजे

बिबश घर्ति मगर२८ पुष २०७९
६६७ पटक
२८ पुष २०७९

झिमरुक गाउँपालिका गाउँकार्यपालिकाको वैठक विहिबार गाउँपालिका अध्यक्ष पित वहादुर महतरा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले आउँदो पुष ३० गते दिउँसो १ बजे गाउँपालिकाको हिउँदे अधिवेशन गर्ने तथा अधिवेशनमा पेश गर्ने कार्यसुचिको बारेमा छलफल भएको गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिए । त्यस्तै बैठकले विभिन्न ६ बुदामा गाउँपालिकाको कार्यसुची अघि सारेको छ । जसमा बिनियोजन ऐन २०७९ लाई संसोधन गर्ने, चालु योजना संसोधन, गाउँपालिकामा हालसम्म भएका कार्यहरुको निर्णय अनुमोदन गर्र्ने, आर्थिक बर्ष २०७९र८० को बजेट अनुमोदन, कर्मचारीहरुलाई सम्मान सँगै २०७७।०७८ को म.ले.प. प्रतिवेदनलाई सार्वजनिक गर्ने कार्यसुची रहेको छ ।


गाउँपालिकाले यो बर्ष झिमरुक गाउँपालिका १ र ३ मा रहेका किसानहरुलाई सुचिकरण गर्ने र परिचयपत्र वितरण गर्ने भएको हो । बैठकले सेवा प्रवाहमा मापदण्ड बनाई त्यसैको आधारमा सेवाग्राहिहरुले सेवा पाउनबाट बन्चित भएमा तुरुन्त सम्बन्धित कार्यलयमा उजुरी दिन सक्ने समेत आग्रह गरेको छ । त्यस्तै जेष्ठ नागरिक सञ्जाल कार्यविधि, झोलुङ्गे पुल निर्माणको सम्झौता समय सकिएको र त्यसको फेरी समय थप, आफुखुसी सडक मिचेर संरचना बनाउने कार्यलाई न्यूनिकरण गर्नको लागि सबै वडाहरुमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।

त्यस्तै ५ वटा योजनाहरुको डिपिआर गरेर कार्यन्वयनमा ल्याउने निर्णय रहेको छ ।
(१) ढाड, बादिकोट, पुरकोटदह गुल्मि जोड्ने सडक कालोपत्रे
(२) ढाड, गब्दी, टिमुरचौर हुँदै दिहाल्नाचौर कालोपत्रे
(३) ढाड, गब्दी, तुषरा मोटरबाटो कालोपत्रे
(४) ९० धाटी, काउले, चिफ्लेटी कृषि सडक कालोपत्रे
(५) दिहाल्ना पर्यटन पूर्वाधारको लागि डिपिआर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...