News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लव प्यूठानद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

झुलेनीपोष्ट२०७९ माघ १२
५८७ पटक
२०७९ माघ १२

लायन्स क्लव प्यूठानले सुस्त श्रवण भएका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । लायन्स क्लव प्यूठानले बिहिवार सरस्वती पुजाको अवसर पारेर भूवनेश्वरी माद्यामिक विद्यालय खैरामा अध्यनरत् २५ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको क्लवका उपाध्यक्ष झविन्द्र शर्माले जानकारी दिए । न्यानो कपडा वितरण कार्यक्रममा वोल्दै क्लवका अध्यक्ष मिन बहादुर कुवँरले क्लवले दिनदुखी, गरिव, विपन्न वर्गका परिवार, बालबालिका लगायत अन्य व्यक्तिहरुलाई यस अघिका दिनहरुमा पनि सहयोग तथा राहत उपलब्ध गराउदै आएको बताए । साथै उनले आगामी दिनहरुमा पनि यस्ता सामाजिक क्षेत्रमा सहयोग कार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यालयका प्राध्यानाध्यापक मुक्ति प्रसाद पोख्रेलले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकामा क्लवलाई धन्यावाद व्यक्त गरेका थिए । शुद्ध मानव सेवामा सर्मपित यस संस्थाले सन् २००९ साल देखी आपतविपत तथा अपठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको शर्माले जानकारी दिए । कार्यक्रममा प्यूठान नगरपालिकाका निर्वतमान प्रमुख अर्जुन कुमार कक्षपति, विद्यार्थी, शिक्षक, क्लवका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...