News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लव प्यूठानद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

झुलेनीपोष्ट२०७९ माघ १२
४२४ पटक
२०७९ माघ १२

लायन्स क्लव प्यूठानले सुस्त श्रवण भएका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । लायन्स क्लव प्यूठानले बिहिवार सरस्वती पुजाको अवसर पारेर भूवनेश्वरी माद्यामिक विद्यालय खैरामा अध्यनरत् २५ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको क्लवका उपाध्यक्ष झविन्द्र शर्माले जानकारी दिए । न्यानो कपडा वितरण कार्यक्रममा वोल्दै क्लवका अध्यक्ष मिन बहादुर कुवँरले क्लवले दिनदुखी, गरिव, विपन्न वर्गका परिवार, बालबालिका लगायत अन्य व्यक्तिहरुलाई यस अघिका दिनहरुमा पनि सहयोग तथा राहत उपलब्ध गराउदै आएको बताए । साथै उनले आगामी दिनहरुमा पनि यस्ता सामाजिक क्षेत्रमा सहयोग कार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विद्यालयका प्राध्यानाध्यापक मुक्ति प्रसाद पोख्रेलले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकामा क्लवलाई धन्यावाद व्यक्त गरेका थिए । शुद्ध मानव सेवामा सर्मपित यस संस्थाले सन् २००९ साल देखी आपतविपत तथा अपठ्यारोमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको शर्माले जानकारी दिए । कार्यक्रममा प्यूठान नगरपालिकाका निर्वतमान प्रमुख अर्जुन कुमार कक्षपति, विद्यार्थी, शिक्षक, क्लवका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...