News Portal

रेडियो सुन्नुहोस्

गौमुखी र ऐरावतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बिबश जि एम१२ माघ २०७९
९५८ पटक
१२ माघ २०७९

गौमुखी माद्यामिक विद्यालय ठुलावेसी र ऐरावती गाउँपालिकाको खेल मैदान झिवाङ मा विहिबार देखी गाउँपािलका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद “भन्ने मुल नाराका साथ खेल सञ्चालन भएको हो ।


उद्घघाटन गर्दै प्रमुख अतिथी समेत रहेका लुम्बिनी प्रदेश सभा सदस्य माननीय निमा गिरीले खेलाडी रास्ट्रका गहना भएको बताए । उनले खेलाडीको जीवन दयनीय र बेरोजगारभएको भन्दै राज्यले नहेर्नू दुःखद रहेको बताएका छन् । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिले प्रतियोगिता सफलता बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने र कार्यक्रम सफलताको शुभकामना दिए । गाउँपालिका उपाध्यक्ष महावीर राना, प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्ती, गौमुखी मा .विका प्रधानाध्यापक माधबराज पोख्रेल लगायतले मन्तव्य राखेको थिए ।


त्यस्तै ऐरावती गाउँपालिकामा पनि विहिबार नै रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहले मैत्रीपूर्ण खेलको माध्यमबाट विद्यार्थीको सर्वाङ्ग्रीण विकास हुने भन्दै खेल आवश्यक रहेको बताए । खेलको माध्यमबाट विकास र समृद्धिमा टेवा पुग्ने समेत उनले बताएका छन् ।

विहिबारको पहिलो खेलमा एक सय र आठ सय मिटरको छात्रछात्रा दौड, छात्रतर्फ पहिलो चरणको २ सेट भलिबल खेल र छात्रछात्राको ज्यापलिङ्ग थ्रो भएको छ । उक्त पालिकामा ७ मा.विका लागि ९ विधामा कार्यक्रम हुने भएको ऐरावती गाउँपालिका शिक्षा शाखा प्रमुख यम प्रसाद पाण्डेले जानकारी दिए ।

सो प्रतियोगिता माघ १२ देखि १४ गते सम्म संचालन हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...