News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवको स्टल बुकिङ्ग खुल्यो, कृषिलाई निःशुल्क र सदस्यलाई २५ प्रतिशत छुट

झुलेनीपोष्ट२०७९माघ,१८ प्यूठान ।
७१५ पटक
२०७९माघ,१८ प्यूठान ।

लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ्ग खुला गर्ने निर्णय गरेको हो । कृषि उपज उत्पादन प्रर्दशनीका लागि निःशुल्क स्टल उपलब्ध गराईने मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए ।

त्यसैगरी संघका सदस्यहरुलाई स्टल शुल्कमा २५ प्रतिशत छुट दिइनेछ । स्थानीय उत्पादन, महिला तथा लघु उद्यमीहरुबाट उत्पादित बस्तुहरुको विक्रिका लागि न्यून शुल्कमा स्टल उपलब्ध गराईने खनालले बताए । बुकिङ्ग भएका स्टलहरु फागुन ३ गते दिउँसोसम्म सजावत गरिसक्नुपर्ने समयसिमा तोकीएको स्टल व्यवस्थापन समितिका संयोजक रमेश पौडेलले जानकारी दिए ।

प्यूठान महोत्सवको स्टल बुकिङ्गको pdf फाईल हेर्नुहोस् ।

stl2

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...