News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवको स्टल बुकिङ्ग खुल्यो, कृषिलाई निःशुल्क र सदस्यलाई २५ प्रतिशत छुट

झुलेनीपोष्ट२०७९माघ,१८ प्यूठान ।
७२३ पटक
२०७९माघ,१८ प्यूठान ।

लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ्ग खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ्ग खुला गर्ने निर्णय गरेको हो । कृषि उपज उत्पादन प्रर्दशनीका लागि निःशुल्क स्टल उपलब्ध गराईने मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिए ।

त्यसैगरी संघका सदस्यहरुलाई स्टल शुल्कमा २५ प्रतिशत छुट दिइनेछ । स्थानीय उत्पादन, महिला तथा लघु उद्यमीहरुबाट उत्पादित बस्तुहरुको विक्रिका लागि न्यून शुल्कमा स्टल उपलब्ध गराईने खनालले बताए । बुकिङ्ग भएका स्टलहरु फागुन ३ गते दिउँसोसम्म सजावत गरिसक्नुपर्ने समयसिमा तोकीएको स्टल व्यवस्थापन समितिका संयोजक रमेश पौडेलले जानकारी दिए ।

प्यूठान महोत्सवको स्टल बुकिङ्गको pdf फाईल हेर्नुहोस् ।

stl2

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...