News Portal

रेडियो सुन्नुहोस्

आफ्नो पहिलो एक महिनाको तलब विद्यालयकोे लागि सहयोग गर्ने सांसद थापाको प्रतिबद्धता

बिबश जि एम२५ माघ २०७९
७४० पटक
२५ माघ २०७९

प्रतिनिधि सभा सदस्य सांसद सुर्य थापाले आफ्नो पहिलो एक महिनाको तलब विद्यालयको भौतिक व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मल्लरानी गाउँपालिका २ चुँजाको अमर मा.वि को स्वर्ण महोत्सव २०७९ को उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै थापाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । विद्यालयको आर्थिक, भौतिक, शैक्षिक, सामाजिक पक्षको बिकास गर्नमा आफु सधै लागि पर्ने बताए । साथै उनले आफु जस्तो सुकै परिस्थितिमा भए पनि संसदमा रहेसम्म विद्यालयलाई सक्दो सहयोग गर्ने र आफु यहि नजिकैको स्थानीय भएको कारणले पनि सहयोग गर्न आवश्यक रहेको समेत बताए ।


त्यस्तै जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सीले शिक्षाको बिकासमा अभिभावक र संबन्धित पक्षको विशेष भुमिका रहने बताएका छन् । उनले अभिभावक र संबन्धित पक्षको भुमिका बिना विद्यालय र शिक्षाको बिकास संभव नहुने भन्दै यी दुई पक्षले आपसी सम्बन्ध राखेर अगाडी बढन् अनुरोध गरे ।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले बिद्यालय र शिक्षाको क्षेत्रलाई अगाडी बढाउनको लागि सबै पक्षको उत्तिकै महत्वपूर्ण भुमिका रहेको बताएका छन् । यो स्वर्ण महोत्सवले विशेष गरि विद्यालयलाई सबैसामु परिचित गराउँदै आर्थिक संकलन गरि विद्यालयको शैक्षिक र भौतिक क्षेत्रमा सुधार गर्ने उदेश्यका साथ सञ्चालन गरिएको अमर मा.वि चुँजाका शिक्षक बासुदेब पौडलले जानकारी दिए । महोत्सव २ दिनको लागि बिहिबार २६ गते सम्म चल्ने भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सांसद सुर्य थापा, बिशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सी, अतिथिहरुमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्याल, मल्लरानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश के.सी, महेन्द्र मा.वि खलंगाका प्रधानाध्यापक पिताम्बर पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम बहादुर खत्री क्षेत्री लगायतले शुभकामना दिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका सहायक प्रधानाध्यापक प्रेम कुमार जि.सीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...