News Portal

रेडियो सुन्नुहोस्

सभापति, मन्त्री सहित कोषाध्यक्षमा पुरानै अनुहार

बिबश जि एम२७ माघ २०७९
६६८ पटक
२७ माघ २०७९

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको ३७ औ जिल्ला बार्षिक साधारण सभा तथा १२ औ जिल्ला अधिवेशनले निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको छ । सभापति गुमानराज पुलामीको नेतृत्वमा १७ सदस्यीय कार्य समिति चयन भएको हो । सभापतिमा, मन्त्री र कोषाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । सभापतिमा गुमानराज पुलामी, महिला तर्फ उपसभापतिमा हिमा भण्डारी र खुल्ला तर्फ देवीप्रसाद रिजाल, मन्त्री दामोदर शर्मा, कोषाध्यक्ष घनश्याम न्यौपाने, उपमन्त्री पार्वता आचार्य र उपकोषाध्यक्षमा धुर्ब बहादुर जि.सी सहित ७ पदाधिकारी चुनिएका हुन् । तीन महिला सहित अन्य १० जना सदस्यमा परेका छन् । कार्य अवधि भने दुई बर्षको रहने भएको छ ।


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानको ३७ औ जिल्ला बार्षिक साधारण सभा तथा १२ औ जिल्ला अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सीले सेवा नै धर्म हो भनि अगाडी बढेको रेडक्रस चर्चित अवस्थामा देखा परेको बताए । उनले रेडक्रसले धेरै मानिसको मन जित्न सफल भएको र मनमा बसेको देख्दा आफुलाई गौरवान्बित लागेको पनि बताए । साथै जिल्लामा भएका स्थानीय तहहरुसँग समन्वय गरि रेडक्रसलाई चाहिने आर्थिक देखी लिएर भौतिक तथा जुनसुकै ठाउँमा पनि आफुहरु सहयोग गर्न तयार रहेने समेत उनको भनाई छ । अव आउने नयाँ कार्यसमितिले प्यूठानी जनतालाई मात्र नभएर देशैभरि रहेका सबैलाई मानवताको हैसियतले सर सम्मान तरिकाले सेवा गर्ने विश्वास पनि लिएका छन् ।


प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले रेडक्रसले लिएको ७ वटा सिद्धान्तहरु प्रति खेलेको व्यवहार, गरेको कार्यबाट नै स्पस्ट भएको बताए । प्यूठान जिल्ला शाखाले पनि मानवता बादि बेलामा खेलेको यो भुमिकामा अव रेडक्रसले कुनै पनि चन्दा डाटाले सहयोग गर्नै नपर्ने गरी रेडक्रस टिम बलियो भएर लाग्न आग्रह गरे ।


प्यूठान उद्योग बाणिज्य संघका महासचिव सन्देश आर्चायले नेपाल रेडक्रस सोसाइटी मानवीय सेवा सँग रहेर निरन्तर र निश्पक्ष रुपमा काम गर्ने संस्था बताएका छन् । रगत र राहत बोकी जिल्लाको कुनाकाप्चा सम्म यो संस्था पुगेको भन्दै अझै त्यो कामलाई थप बिस्तार गर्दै अगाडी बढ्न अनुरोध गरे । जिल्लामा विभिन्न घटनाहरुमा गतिशिल र क्रियाशिल भएर काम गरिरहेको भन्दै संस्थाको प्रशंसा समेत उनले गरेका हुन् । त्यस्तै महासचिव आचार्यले प्यूठान उद्योग बाणिज्य संघ पनि रेडक्रस सँग जोडिएर समाजसेवामा सहकार्य गर्न चाहेको समेत बताए ।

त्यस्तै लुम्बिनी प्रदेश शाखाको उपकोषाध्यक्ष ज्ञान हरि रिजालले प्रदेशको १२ जिल्ला मध्ये प्यूठान जिल्लामा रहेको शाखाले राम्रो काम गरेको बताए । सामाजिक सेवाको निम्ति आगामी दिनमा अन्य सहयोगिहरुको आवश्यकता नपर्ने गरि रेडक्रस सशक्त भएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको पनि उनले बताएका छन् । त्यस्तै उनले यसलाई अझै राम्रो बनाउनको लागि संस्थाले अहम भूमिका खेल्नु पर्ने पनि बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको सभापति गुमानराज पराजुलीले आफ्नो खाएर आफ्नो खर्चमा संस्थाको गतिविधिमा सरिक हुनुपर्ने भन्दै कोही कसैलाई डलर आउछ भन्ने भ्रम लाग्छ भने त्यो भ्रममा नपर्न समेत उनले अनुरोध गरेका छन् । निश्चित कार्यक्रमको बजेट मात्र आउने भएकाले साधन श्रोत आफै जुटाउन पर्ने समेत बताए । हामीले गर्ने भनेको हामै्र समाज, समुदाय, रहेका व्यक्तित्वहरु, व्यवसायहरु, संघ संस्थाहरु, सरकारी निकायहरु लगायत सबैसँग सहकार्य र समन्वय गरेर श्रोतहरु जुटाएर गतिविधिहरु गर्दै आइरहेको पनि बताए ।

कार्यक्रममा शुभकामना बोल्न अन्य बक्ताहरुले हरेक क्षेत्रको कार्यमा रेडक्रसले सराहनीय काम गर्दै आइरहेको बताएका थिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मन्त्री दामोदर शर्माले साधारण सभा कार्यक्रममा प्रगति प्रतिवेदन पेश गरे । उनले पेश गरेको प्रगति प्रतिवेदनमा आजिवन जम्मा सदस्य सख्या २ हजार २०२ पु¥याएको, आगलागी, बाढी पहिरो, हावाहुरी गरि २२८ घरपरिवारलाई विपद पिडित तथा प्रभावितहरुका लागि अखाद्य सामानहरु वितरण, गर्भवति आमा, सुत्केरी तथा अन्य बिरामीहरुलाई एम्बुलेन्स मार्फत जिल्ला बाहिर र भित्र लैजाने लिने सेवा उपलब्ध गराएको, लगायतका अन्य थुप्रै प्रगति प्रतिवेदन पेश गरे । भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका कोषाध्यक्ष घनश्याम न्यौपानेले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।


नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा सभापति गुमानराज पुरामीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सी, विशेष अतिथि जिल्ला समन्वय समिति उपप्रमुख दुर्गा रेग्मी, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल, प्यूठान क्याम्पस खलंगा प्रमुख कल्पना खड्का, लुम्बिनी प्रदेश शाखाको उपकोषाध्यक्ष ज्ञान हरि रिजाल, जिल्ला प्रहरी कार्यलयका प्रतिनिधि, ने.रे.सो प्यूठान शाखाका विभिन्न उपशाखाका सभापतिहरु तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

संस्था प्रति योगदान पुर्‍याएका हरुलाई सम्मान गर्दैगर्दा

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...