News Portal

रेडियो सुन्नुहोस्

भारतमा दुर्घटनामा परि प्युठान फर्किएका सुरजको पोखरामा निसुल्क शल्यक्रिया 

बोम बहादुर परियार०१ फागुन २०७९
१०६४ पटक
०१ फागुन २०७९

गत मङ्सिर १९ मा भारतको पञ्जाव अमृतसरमा कारको ठक्करबाट दायाँ खुट्टा भाँचिएका ऐरावती–६ विजुली थामका ३६ वर्षिय सुरज दमाईंको गत माघ ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गरिएको छ । भारतमा रोजगारको लागि गएका उनको खुट्टा भाँचिएर नेपाल फर्कनु परेको थियो । घाइते भएका सुरजलाई भाँचिएको हाड खप्टिएकै अवस्थामा प्लाष्टर गरेर प्युठान बिजुली स्थित जन्मघरमा ल्याइएको थियो । विपन्न तथा असहाय समेत रहेका सुरज अलपत्र परेको अवस्थामा स्थानीय अभियान्ता खेमराज पोख्रेलको नेतृत्वमा रामप्रसााद पोख्रेल र नारायणबहादुर थापा सहितको टोलीले चन्दा संकलन गरी डाक्टर राजेन्द्र पौडेलसँगको सल्लाहमा सुरजलाई पोखरा स्थित अस्पतालमा पुराईएको थियो । उनै डाक्टर पौडेलको सक्रियतामा अस्पतालबाट हुनसक्ने सेवा तथा सामग्री उपलब्ध गराई डा . झपिन्द्र पोख्रेलको टीमद्वारा उनको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको लागि आवश्यक इम्प्लान्टको ब्यवस्था पनि राजेन्द्र पौडेलले नै गर्नुभएको थियो । सुरजलाई सफल सल्यक्रिया र उपचार पछि माघ १९ गते अस्पताल बाट डिस्चार्ज गरिएको थियो । अहिले उनको खुट्टा निको हुँदै गएको छ । उनले अहिले घरमै आराम गरिरहेका छन् । घरमा खानेखर्च, उपचार गर्ने पैसा र सहारा दिने अभिभावक कोही पनि नभएपछि सहाराविहिन बनेका सुरजलाई स्थानीय अभियन्ता र डा . राजेन्द्रको सक्रियतामा उनको उपचार गरिएको छ । उनको उपचार गरिनु नेपाली समाजमा रहेको मानवता, भ्रातृत्व र एकताको प्रतिक हो । मल्लरानी गा।पा।–३ बर्बोट अर्गेली स्थायी घर भई हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत डा. राजेन्द्र पौडेल एक प्रतिभावान ब्यक्ति रहेको स्थानीय अभियान्ता खेमराज पोख्रेल ले बताए ।

कोहलपुर मेडिकल कलेजबाट एम।बि।बि।एस। उत्तीर्ण गरेका डाक्टर राजेन्द्र पौडेल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा एम।एस। अर्थोपेडिक सर्जन अध्ययनको अन्तिम चरणमा छन् । यसभन्दा अघि पनि उनले थुप्रै विपन्न तथा असहाय नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेका छन् । भविश्यमा पनि त्यस्ता नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पु¥याउने र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको डाक्टर पौडेल ले बताए । साथै उनले भने अध्ययन पूरा भएपश्चात् आफू आफ्नो गृहजिल्ला प्युठान आई फर्किएर स्थानीय जनतालाई आफ्नै आँगनमा सहज रूपमा विशेषज्ञ सेवा प्राप्त गर्ने उनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...