News Portal

रेडियो सुन्नुहोस्

भारतमा दुर्घटनामा परि प्युठान फर्किएका सुरजको पोखरामा निसुल्क शल्यक्रिया 

बोम बहादुर परियार०१ फागुन २०७९
२७३ पटक
०१ फागुन २०७९

गत मङ्सिर १९ मा भारतको पञ्जाव अमृतसरमा कारको ठक्करबाट दायाँ खुट्टा भाँचिएका ऐरावती–६ विजुली थामका ३६ वर्षिय सुरज दमाईंको गत माघ ५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल अस्पताल पोखरामा निःशुल्क शल्यक्रिया गरिएको छ । भारतमा रोजगारको लागि गएका उनको खुट्टा भाँचिएर नेपाल फर्कनु परेको थियो । घाइते भएका सुरजलाई भाँचिएको हाड खप्टिएकै अवस्थामा प्लाष्टर गरेर प्युठान बिजुली स्थित जन्मघरमा ल्याइएको थियो । विपन्न तथा असहाय समेत रहेका सुरज अलपत्र परेको अवस्थामा स्थानीय अभियान्ता खेमराज पोख्रेलको नेतृत्वमा रामप्रसााद पोख्रेल र नारायणबहादुर थापा सहितको टोलीले चन्दा संकलन गरी डाक्टर राजेन्द्र पौडेलसँगको सल्लाहमा सुरजलाई पोखरा स्थित अस्पतालमा पुराईएको थियो । उनै डाक्टर पौडेलको सक्रियतामा अस्पतालबाट हुनसक्ने सेवा तथा सामग्री उपलब्ध गराई डा . झपिन्द्र पोख्रेलको टीमद्वारा उनको निःशुल्क शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको लागि आवश्यक इम्प्लान्टको ब्यवस्था पनि राजेन्द्र पौडेलले नै गर्नुभएको थियो । सुरजलाई सफल सल्यक्रिया र उपचार पछि माघ १९ गते अस्पताल बाट डिस्चार्ज गरिएको थियो । अहिले उनको खुट्टा निको हुँदै गएको छ । उनले अहिले घरमै आराम गरिरहेका छन् । घरमा खानेखर्च, उपचार गर्ने पैसा र सहारा दिने अभिभावक कोही पनि नभएपछि सहाराविहिन बनेका सुरजलाई स्थानीय अभियन्ता र डा . राजेन्द्रको सक्रियतामा उनको उपचार गरिएको छ । उनको उपचार गरिनु नेपाली समाजमा रहेको मानवता, भ्रातृत्व र एकताको प्रतिक हो । मल्लरानी गा।पा।–३ बर्बोट अर्गेली स्थायी घर भई हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत डा. राजेन्द्र पौडेल एक प्रतिभावान ब्यक्ति रहेको स्थानीय अभियान्ता खेमराज पोख्रेल ले बताए ।

कोहलपुर मेडिकल कलेजबाट एम।बि।बि।एस। उत्तीर्ण गरेका डाक्टर राजेन्द्र पौडेल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा एम।एस। अर्थोपेडिक सर्जन अध्ययनको अन्तिम चरणमा छन् । यसभन्दा अघि पनि उनले थुप्रै विपन्न तथा असहाय नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेका छन् । भविश्यमा पनि त्यस्ता नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पु¥याउने र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको डाक्टर पौडेल ले बताए । साथै उनले भने अध्ययन पूरा भएपश्चात् आफू आफ्नो गृहजिल्ला प्युठान आई फर्किएर स्थानीय जनतालाई आफ्नै आँगनमा सहज रूपमा विशेषज्ञ सेवा प्राप्त गर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

नेपाल विद्यार्थी संघ प्युठानले नगरपालिकालाइ ज्ञापनपत्र बुझायो

नेपाल विद्यार्थी संघ प्युठानले प्युठान नगरपालिकालाइ आइतबार ज्ञापन पत्र बुजाएको छ । नगरपालिका भित्रका विद्यालय...

प्यूठान अस्पतालको बाटो मर्मतका लागि अनुगमन

प्यूठान अस्पतालको सडक मर्मतको लागि अनुगमन गरिएको छ । आइतबार सडक पूर्वाधार विकास कार्यालय प्यूठानका...

कालिका भगवती र भैरव मन्दिर परिसरमा सरसफाइ

४४ औं सामाजिक सेवा दिवसको अवसर पारी विजुवार बजार स्थित कालिका भगवती र भैरव मन्दिर...

झुलेनी पोष्ट अनलाईनका सम्पादक भण्डारी पुरस्कृत

झुलेनी यूनाईटेड नेटवर्क प्रा.लिद्वारा सञ्चालित झुलेनी पोष्ट अनलाईनका सम्पादक हरि प्रसाद भण्डारी पुरस्कृत भएका छन्...

सरकार र शिक्षकहरूबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता

काठामाडौं, सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा...