लायन्स क्लव अफ प्यूठानले जिल्लामा डाईलोसिस मेसिन ल्याउन पहल थालेको छ । प्यूठान अस्पतालमा डाईलोसीस सेवा सञ्चालनका लागि शनिबार बिजुवारमा बसेको बैठकले पाच सदस्य समिति बनाएको लायन्स क्लव अफ प्यूठानका अध्यक्ष मिनबहादुर कुंवरले बताए ।
लायन नविन कुमार श्रेष्ठको संयोजकत्वमा समिति बनेको छ । लायन तुल्सिराम शर्मा, लायन अर्जुनकुमार कक्षपति, लायन झविन्द्र शर्मा र लायन अरुण श्रेष्ठ सदस्य छन् । प्यूठान जिल्लामा डाईलोसिस मेसिन नहुदा विरामीहरुले समस्या भोगेको कुरालाइ मध्यनजर गरेर लायन क्लव अफ प्यूठानले पहल थालेको जनाएको छ ।
डिस्टीक क्यावीनेट मिटिङबाट प्रस्ताव स्विकृतगरि लायन्स क्लव ईन्टरनेशलनमा पठाएको लायन्स क्वल अफ प्यूठानले जनाएको छ ।