News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजरः महोत्सवमा सर्वाधिक विवाद डान्स आईडलमा

झुलेनी नेटवर्क२०७९ फागुन १६
१०४४ पटक
२०७९ फागुन १६

महोत्सव संगै छुट्टै उपसमिति वनाएर सञ्चालन गरिएको प्यूठान डान्स आईडल अन्तिम समयमा विवादित भएको छ । उपसमितिको व्यवस्थापनको असक्षमताका कारण लोकप्रिय मानिएको नृत्य प्रतियोगिता डान्स आईडल निकै विवादित हुन पुग्यो ।

भोटिङ प्रक्रियाका कारण १३ गते विहानै देखी महोत्सवको गेटवाट सुरु भएको विवाद १४ गते प्रहरि चौकिसम्म पुग्यो । प्रतियोगि अर्जुन भण्डारीले आफ्नो प्रस्तुतिका लागि स्टेजमा पुग्न १० मिनेट ढिला गरेका कारण पूर्व जानकारीविना १० अंक कटौति गरियो । प्रतियोगि भण्डारीले आफु सुरक्षाकर्मिको कारण गेटवाट भित्र पस्न नसकेको स्पस्टिकरण मञ्चमै दिएका थिए । प्रतियोगिताको अन्तिम समयमा प्रतिष्पर्धिको सुरक्षा प्रवन्ध वलियो वनाएर एकसाथ स्टेजमा पुर्याउनुको साटो आईडल टिमले १० अंक कटौति गर्दा धेरै दर्शकले आलोचना गरेका थिए ।

त्यस्तै आईडल आयोजकले भोटिङ प्रक्रियालाई पारदर्शि बनाउन सकेनन् । त्यो दिन कति देखि कति क्रम संख्याका टिकटहरु वितरण गरियो भन्ने आयोजक बाहेक न प्रतिष्पर्धिलाई थाहा छ न कुनै तेश्रो निकायलाई । महोत्सवका दर्शकहरुवाट गेटमा कव्जा गरिएका झण्डै १ बोरा टिकट दर्शकले जलाएका थिए । मत गणनालाई पनि विश्वसनिय रुपमा अगाडी नबढाईएको गुनासो चलिरहेको छ । आइडल बिजेताका हुनका लागि ५० प्रतिशत प्रस्तुती र ५० प्रतिशत टिकटको आधार निर्धारण गरिएको थियो । प्रस्तुतीमा निर्णायकको तजबिज हुने भएपनि टिकटमा भने लापरवाहि भएको देखियो । टिकट गणनाको बिधि तय नै नगरी उपसमितिका सदस्यहरु मात्रै सम्मिलित भएर गणना हुनु अर्को त्रुटि थियो ।

गणनामा धादलि भएको महसुस भएमा प्रतियोगिहरुले पुनः गणना माग गरेको खण्डमा आयोजकले ति टिकटका मुचुल्काको व्यवस्थापन नगरी जलाएको भन्ने सुनिएकोले आगामी दिनमा यस्तो हदै सम्मको लापरवाहि नहोस । किनकि स्थानीयको कला प्रवद्र्धनका लागि आयोजित प्रतियोगिताले उनिहरुको गला नसमातोस् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...