News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा भण्डारीद्धारा बालबालिकालाई स्टेसनरी सामाग्री सहयोग

बिबश जि एम१७ फागुन २०७९
६४२ पटक
१७ फागुन २०७९

जन्मदिन मनाउने शैलि पछिल्लो केही समय यता फेरिदै गएको छ ।

सोही अवसरमा जाल्पा सामुदायिक लघुवित्त बित्तिय संस्था लिमिटेड सरुमारानी गाउँपालिका ४ वड्डाका शाखा प्रमुख प्रदिप भण्डारीले आफ्नो जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका छन् ।

आज बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारी भण्डारीले जनता मा.वि बड्डामा अध्ययनरत जेहेन्दार ७ बालबालिकाहरुलाई कपि र कलम सहयोग गरेका हुन् ।

प्राय केही व्यक्तिले जन्मदिनको नाममा अनेकौ फजुल खर्च गरेको तर सामाजिक कार्यमा कसैको पनि ध्यान केन्द्रित नभएको बताउदै आफुले त्यो फजुल खर्चको केही हिंसा गरिब दुखिहरुको लागि खर्च गरेको बताए ।

उनले यो अवसरमा बालबालिकालाई सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको समेत बताएका छन् ।
फजुल खर्च गर्नुको सट्टा कुनै गरिब दिन दुखि र सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गर्ने खालको उदाहरण सहित उनले यो सहयोग अगाडी सारेको बताए ।

यस्तो कार्यले समाजमा सकारात्मक संदेश प्रवाह गर्नमा ठूलो भुमिका खेल्ने भन्दै जनता मा.वि का प्रधानाध्यापक योग कुमार पाण्डेले सहयोग गरेको मा भण्डारीलाई धन्यवाद दिए ।

साथै हरकोहीले यो कार्यलाई पछ्याउन सके अझै केही सकारात्मक ढङगले जन्मदिन मनाउनेमा परिवर्तन हुन सक्ने उनको विश्वास छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...