News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनको अवसरमा भण्डारीद्धारा बालबालिकालाई स्टेसनरी सामाग्री सहयोग

बिबश जि एम१७ फागुन २०७९
७८३ पटक
१७ फागुन २०७९

जन्मदिन मनाउने शैलि पछिल्लो केही समय यता फेरिदै गएको छ ।

सोही अवसरमा जाल्पा सामुदायिक लघुवित्त बित्तिय संस्था लिमिटेड सरुमारानी गाउँपालिका ४ वड्डाका शाखा प्रमुख प्रदिप भण्डारीले आफ्नो जन्मदिनमा बिद्यार्थीलाई शैक्षिक सामाग्री दिएर जन्मदिन मनाएका छन् ।

आज बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारी भण्डारीले जनता मा.वि बड्डामा अध्ययनरत जेहेन्दार ७ बालबालिकाहरुलाई कपि र कलम सहयोग गरेका हुन् ।

प्राय केही व्यक्तिले जन्मदिनको नाममा अनेकौ फजुल खर्च गरेको तर सामाजिक कार्यमा कसैको पनि ध्यान केन्द्रित नभएको बताउदै आफुले त्यो फजुल खर्चको केही हिंसा गरिब दुखिहरुको लागि खर्च गरेको बताए ।

उनले यो अवसरमा बालबालिकालाई सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लागेको समेत बताएका छन् ।
फजुल खर्च गर्नुको सट्टा कुनै गरिब दिन दुखि र सामाजिक कार्यमा अग्रसर हुन प्रेरित गर्ने खालको उदाहरण सहित उनले यो सहयोग अगाडी सारेको बताए ।

यस्तो कार्यले समाजमा सकारात्मक संदेश प्रवाह गर्नमा ठूलो भुमिका खेल्ने भन्दै जनता मा.वि का प्रधानाध्यापक योग कुमार पाण्डेले सहयोग गरेको मा भण्डारीलाई धन्यवाद दिए ।

साथै हरकोहीले यो कार्यलाई पछ्याउन सके अझै केही सकारात्मक ढङगले जन्मदिन मनाउनेमा परिवर्तन हुन सक्ने उनको विश्वास छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...