News Portal

रेडियो सुन्नुहोस्

स्ववियु निर्वाचन नजिकिएसगै प्यूठानका क्याम्पसहरुमा चहलपहल वढ्यो

बिबश जि एम १८ फागुन २०७९ प्यूठान
६९३ पटक
१८ फागुन २०७९ प्यूठान

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन नजिकिएस‌गै जिल्लाका क्याम्पसहरुको चहलपहल वढन थालेको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि सवै विद्यार्थी स‌गठनहरुले आ‍-आफ्नो तयारी थालेका हुन् ।

जिल्लाका क्याम्पसहरुमा १४ वर्षदेखी स्ववियु निर्वाचन हुन सकेको छैन । ५ वर्षअघि हुने भनिएको निर्वाचन अन्य जिल्लाहरुमा भएपनि प्यूठानमा विद्यार्थी स‌गठनविच उत्पन्न विवादका कारण हुन सकेको थिएन ।

क्याम्पसमा कमै पुग्ने विद्यार्थी स‌गठनका नेताहरु स्ववियू निर्वाचन नजिकिदै गर्दा जिल्लाका ५ वटै क्याम्पसहरुमा पुग्न थालेका छन् ।

क्याम्पसहरुमा १९ गतेभित्र स्ववियू निर्वाचनमा भाग लिने स‌गठन दर्ता गर्ने समय छ भने आगामि २७ गते उम्मेद्वारको मनोनयन दर्ता हुनेछ । जिल्लामा अनेरास्ववियू, नेवि स‌घ, अखिल क्रान्तिकारी, विप्लवनिकट अखिल क्रान्तिकारी र अखिल छैठौ क्रियाशिल छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक नदि किनारमा भेटिएको शवको पहिचान खुल्यो

प्यूठान नगरपालिका १० हाडिगैरा स्थितको झिमरुक नदि किनारमा सोमबार दिउसो फेला परेको शवको पहिचान खुलेको...

विजय फुलबारीको तेश्रो साधारणसभाको निर्णय प्रमाणिकरण सम्पन्न

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको बिभिन्न ईलाकामा भएको निर्णयको प्रमाणीकरण...

झुलेनी पोष्ट ‘क’ वर्गमा वर्गीकृत

झुलेनी पोष्ट साप्ताहिक ‘क’ वर्गमा वर्गीकृत भएको छ । प्रेस काउन्सिल नेपालले गरेको वर्गीकरणमा २०७८/०७९...

दसैँपछि काठमाण्डौ फर्कन २० प्रतिशत छुटमा स्वर्गद्वारीको टिकट बुकिङ खुला

स्वर्गद्वारी गौमुखी यातायात प्रा.लि. ले प्युठानबाट काठमाण्डौ फर्कने यात्रुका लागि टिकट अग्रिम बुकिङ खुला गरेको...