News Portal

रेडियो सुन्नुहोस्

थापाको सम्झनामा तीन दिन शोक मनाउने

बिबश जि.एम२० फागुन २०७९ प्यूठान
१०४९ पटक
२० फागुन २०७९ प्यूठान

नेकपा (एमाले) केन्द्रीय कमिटीले संचालन गरेको र जिल्ला कमिटीको जिम्मेवारी अनुसार ‘मिसन ग्रासरुट’ अभियानमा सहभागी हुन ऐरावती गाउँपालिका–२ हरियाटारी (टिकुरी)बाट सरुमारानी गाउँपालिका–२ जाँदै गर्दा जिल्ला कमिटी प्यूठानका सदस्य क. रामबहादुर थापा (गोपाल) दुर्घटना परि मृत्यु भएकोे सम्झनामा नेकपा एमालेले तीन दिन शोक मनाउने भएको छ ।

नेकपा एमाले प्यूठान जिल्लाका पार्टी अध्यक्ष बिजयविराज बिष्टको बिज्ञप्ती द्वारा आज एक वक्तव्य निकाल्दै शोक मनाउने नेकपा एमालेले निर्णय गरेको हो ।
त्यस्तै पार्टीले यहि फागुन २१, २२ र २३ गतेका लागि पूर्व निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रमहरु समेत स्थगित गरेको छ ।

फागुन २१, २२ र २३ गते (तीन दिन) पार्टी जिल्ला कार्यालय, पालिका कार्यालय र वडा कार्यालयमा नेकपा एमालेले झण्डा आधा झुकाउने पनि निर्णय गरेको हो । फागुन २१ गते भोलि आइतबार विहान ७ः३० बजे शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन विजुवारमा पार्थिव शरिर राखि श्रद्धाञ्जली अर्पण व्यक्त गर्ने भएको छ ।

आज विहान १०.४५ बजे चेरनेटा–बरौंला सडक खण्डको माण्डवी गाउँपालिका–५ आँपचौरमा जेसिविसँग ठक्कर खाँदा थापाको मृत्यु भएको थिायो ।

दुर्घटनामा परि नेकपा एमाले क. बसन्ता आचार्य शक्त घाईते रहेका छन् । आचार्यको स्वास्थ्य लाभको कामना समेत पार्टीले गरेको छ । ।
उनको अवस्था जटिलता भएको भन्दै जिल्ला अस्पताल विजुवारमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

जिवनभर राजनीतिमा सक्रिय रहँदै आउनुभएको क. रामबहादुर थापा पार्टी जिम्मेवारीकै क्रममा भएको असमायिक, अकल्पनीय दुःखद् निधनले हाम्रो पार्टीलाई अपुर्णनीय क्षति पुगेको छ । यस शोकको घडिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

उहाँको योगदानलाई पार्टीले सदैव स्मरण गरिरहनेछ वक्तव्यमा उल्लेख छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...