News Portal

रेडियो सुन्नुहोस्

थापाको सम्झनामा तीन दिन शोक मनाउने

बिबश जि.एम२० फागुन २०७९ प्यूठान
१२७६ पटक
२० फागुन २०७९ प्यूठान

नेकपा (एमाले) केन्द्रीय कमिटीले संचालन गरेको र जिल्ला कमिटीको जिम्मेवारी अनुसार ‘मिसन ग्रासरुट’ अभियानमा सहभागी हुन ऐरावती गाउँपालिका–२ हरियाटारी (टिकुरी)बाट सरुमारानी गाउँपालिका–२ जाँदै गर्दा जिल्ला कमिटी प्यूठानका सदस्य क. रामबहादुर थापा (गोपाल) दुर्घटना परि मृत्यु भएकोे सम्झनामा नेकपा एमालेले तीन दिन शोक मनाउने भएको छ ।

नेकपा एमाले प्यूठान जिल्लाका पार्टी अध्यक्ष बिजयविराज बिष्टको बिज्ञप्ती द्वारा आज एक वक्तव्य निकाल्दै शोक मनाउने नेकपा एमालेले निर्णय गरेको हो ।
त्यस्तै पार्टीले यहि फागुन २१, २२ र २३ गतेका लागि पूर्व निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रमहरु समेत स्थगित गरेको छ ।

फागुन २१, २२ र २३ गते (तीन दिन) पार्टी जिल्ला कार्यालय, पालिका कार्यालय र वडा कार्यालयमा नेकपा एमालेले झण्डा आधा झुकाउने पनि निर्णय गरेको हो । फागुन २१ गते भोलि आइतबार विहान ७ः३० बजे शहिद उमेशचन्द्र स्मृति प्रतिष्ठान भवन विजुवारमा पार्थिव शरिर राखि श्रद्धाञ्जली अर्पण व्यक्त गर्ने भएको छ ।

आज विहान १०.४५ बजे चेरनेटा–बरौंला सडक खण्डको माण्डवी गाउँपालिका–५ आँपचौरमा जेसिविसँग ठक्कर खाँदा थापाको मृत्यु भएको थिायो ।

दुर्घटनामा परि नेकपा एमाले क. बसन्ता आचार्य शक्त घाईते रहेका छन् । आचार्यको स्वास्थ्य लाभको कामना समेत पार्टीले गरेको छ । ।
उनको अवस्था जटिलता भएको भन्दै जिल्ला अस्पताल विजुवारमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

जिवनभर राजनीतिमा सक्रिय रहँदै आउनुभएको क. रामबहादुर थापा पार्टी जिम्मेवारीकै क्रममा भएको असमायिक, अकल्पनीय दुःखद् निधनले हाम्रो पार्टीलाई अपुर्णनीय क्षति पुगेको छ । यस शोकको घडिमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

उहाँको योगदानलाई पार्टीले सदैव स्मरण गरिरहनेछ वक्तव्यमा उल्लेख छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...