News Portal

रेडियो सुन्नुहोस्

लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिमको समापन

झुलेनीपोष्ट२०७९फागुन२८, प्यूठान
७८९ पटक
२०७९फागुन२८, प्यूठान

गौमुखी गाउँपालिकामा लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका मातहतका आधारभुत तथा माद्यामिक विद्यालयका ४५ जना प्राधानाध्यापक तथा लेखा शिक्षकहरुलाई दोहोरो लेखा प्रणाली सम्बन्धि अभिमुखीकरण गराइएको हो । साथै अनलाईन माध्यमबाट लेखा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको तालिमका प्रशिक्षक याम बहादुर खत्रीले बताए ।
समापन तालिममा गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले कार्यक्रमको समापन गर्दै विद्यालयलाई सूचना तथा प्रविधिमैत्री विद्यालय बनाउनमा तालिमको महत्वपूर्ण भुमिका रहेको बताए । शुक्रबार देखी गौमुखी गाउँपालिकाको सभाहलमा सुरु भएको कार्यक्रम आइतबार सम्पन्न भएको हो । गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन प्रशासनिक अधिकृत दुर्गा सुवेदीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...