News Portal

रेडियो सुन्नुहोस्

लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिमको समापन

झुलेनीपोष्ट२०७९फागुन२८, प्यूठान
१००३ पटक
२०७९फागुन२८, प्यूठान

गौमुखी गाउँपालिकामा लेखा र जिन्सी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । गौमुखी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पालिका मातहतका आधारभुत तथा माद्यामिक विद्यालयका ४५ जना प्राधानाध्यापक तथा लेखा शिक्षकहरुलाई दोहोरो लेखा प्रणाली सम्बन्धि अभिमुखीकरण गराइएको हो । साथै अनलाईन माध्यमबाट लेखा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालिम दिइएको तालिमका प्रशिक्षक याम बहादुर खत्रीले बताए ।
समापन तालिममा गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले कार्यक्रमको समापन गर्दै विद्यालयलाई सूचना तथा प्रविधिमैत्री विद्यालय बनाउनमा तालिमको महत्वपूर्ण भुमिका रहेको बताए । शुक्रबार देखी गौमुखी गाउँपालिकाको सभाहलमा सुरु भएको कार्यक्रम आइतबार सम्पन्न भएको हो । गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन प्रशासनिक अधिकृत दुर्गा सुवेदीले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...