News Portal

रेडियो सुन्नुहोस्

स्ववियु चुनाव : प्यूठानका सबै क्याम्पसमा सर्वसम्मत 

मधुसुदन पोख्रेल
८३५ पटक

लामो समय देखी हुन नसकेको स्ववियु चुनाव देशभरका सबै क्याम्पसमा चैत्र ५ गते हँुदैछ । प्यूठानमा भने सबै क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले सर्वसम्मत स्ववियु सभापति चयन गर्ने निर्णय गरेका छन् । आइतबार जिल्लामा क्रियाशिल सबै विद्यार्थी संगठनहरुले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाका पाचँ वटै क्याम्पसहरुमा आपसी सहमतिमा बाडँफाडँ गरी सर्वसम्मत टुङ्गो लगाउने निर्णय गरेका हुन् ।
विद्यार्थीको हक, अधिकार सुनिश्चित गर्न जिल्लाका सबै संगठनहरुको अत्यन्तै महत्वपूर्ण भुमिका रहेकोले सर्वसहमतीमै जाने निर्णय गरेको नेवि संघ प्यूठानका सभापति कल्याण केसीले बताए । यो निर्णयले जिल्लामा राम्रो सन्देश प्रवाह गर्न मद्दत पुगेको केसीको विश्वास छ ।
स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अनेरास्ववियु, झिमरुक क्याम्पसमा अखिल क्रान्तिकारी, प्यूठान क्याम्पसमा नेपाल विद्यार्थी संघ, गौमुखी क्याम्पसमा अखिल छैठो र अमर क्याम्पस भिंग्रीमा नेपाल विद्यार्थी संघले सभापति ल्याउने र अन्य पदाधिकारीमा मिलेर जाने निर्णय भएको अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य पुस्कर शर्माले जानकारी दिए ।
प्यूठानमा अनेरास्ववियु, नेवि संघ, अखिल छैठौ, अखिल क्रान्तिकारी र अखिल (क्रान्तिकारी) विप्लव क्रियाशिल छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...